१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

फाइल तस्विर

बागलुङ। गत भदौ १७ गते भुजीखोलामा आएको बाढीबाट प्रभावित ढोरपाटन नगरपालिका–९ सुप्राङको जनचेतना र सुकुर्दुङको सरस्वती आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा प्रदान गरिएको छ । बागलुङ घर भई हाल हङकङमा रहेकी टीका र जुनु रानाको पहलमा स्थापित ‘स्वास्थ्य तथा विपन्न विद्यार्थी अक्षयकोष’मार्फत दुवै विद्यालयका पाँचरपाँच बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा सहयोग गरिएको अक्षयकोषका सञ्चालक विजय रानाले जानकारी दिए ।

Advertisement

विद्यालयमै पुगी नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष र ढोरपाटन नगरपालिका–७ का वडाध्यक्ष दीपक थापाले संयुक्तरूपमा सामग्री हस्तान्तरण गरेका थिए । रु ६० हजार बराबरको शैक्षिक सामग्री र लत्ताकपडा प्रदान गरिएको सञ्चालक रानाको भनाइ छ ।

विद्यार्थीले वर्ष दिनलाई पुग्ने गरी कापी, कलमलगायत स्टेशनरी सामग्री, झोला र एकरएक थान ज्याकेट पाएका छन् । बाढीका कारण अभिभावक गुमाएका र घरको आर्थिक स्थिति अत्यन्त कमजोर भएका बालबालिका छनोट गरी शैक्षिक सामग्री सहयोग गरिएको हो । अर्थाभावकै कारण बालबालिकाको पढाइमा असर नपरोस् भनेर कोषमार्फत सहयोग गरिएको सञ्चालक रानाले बताए।

जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर घर्तीमगरले दाताको सहयोगले बाढी प्रभावित परिवारको घाउमा मलमपट्टी लागेको प्रतिक्रिया दिए । “बाढी प्रभावितको पीडा विस्तारै कम हुँदै गएको छ, धेरैतिरबाट राहत सहयोग आइरहेको छ”, उनले भने ।

विद्यालयमा अध्ययनरत ३० प्रतिशत बालबालिकाको किताब, कापीसहित सबै पठनपाठनका सबै सामग्री बाढीले बगाएको प्रअ घर्तीमगरको भनाइ छ । बाढीले सो विद्यालय पनि पूर्णरूपमा क्षतिग्रस्त बनेको थियो । भवन नै नभएपछि विद्यार्थीलाई खुला चौरमा राखेर पढाइएको विद्यालयले जनाएको छ ।

पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बाढीबाट अति प्रभावित बालबालिकाका लागि कोषले गरेको सहयोग सराहनीय रहेको उल्लेख गरे । उनले न्यून आय भएका परिवारका बालबच्चाको पढाइ सुनिश्चितताका लागि सबै पक्षको पहल र योगदान चाहिने बताए ।

वडाध्यक्ष थापाले बाढीबाट क्षतिग्रस्त विद्यालय भवन छिटो पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए । “यो जाडोमा बालबालिका भुइँमा बसेर पढिरहेका छन्, साहै्र दर्दनाक छ”, उनले भने, “यस क्षेत्रमा न्यून आय भएका परिवार बढी छन्, जसका कारण बालबच्चालाई पनि राम्रो पढ्ने वातावरण छैन ।”

बाढीले सरस्वती आधारभूत विद्यालयका तीन कोठा र शौचालय क्षतिग्रस्त बनाएको थियो । कक्षाकोठा अभावमा कक्षा १ र २ का विद्यार्थीलाई सँगै राखेर पढाउने गरिएको विद्यालयका प्रधानाध्यापक देवेन्द्रकुमार घर्तीमगरले बताए । खोला किनारमा भएकाले विद्यालय सँधै बाढीको जोखिममा छ ।

स्वास्थ्य र शिक्षा क्षेत्रलाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको सञ्चालक रानाले बताए । विपन्नताका कारण उपचारबाट बञ्चित हुनु परेका व्यक्तिलाई पनि कोषमार्फत आर्थिक सहयोग गर्ने गरी कार्यविधि बनाइएको उनको भनाइ छ । कोष परिचालन गरेर समुदायस्तरमा स्वास्थ्य सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने