ताजा अपडेट »

अन्सु इभेन्टको आयोजनामा ‘मिस मेघा रुपन्देही’

मंगलबार, २० माघ २०७७, १९ : २४
4 Shares

बुटवल । आगामी फागुन १ देखि मिस मेघा रुपन्देहीको दोस्रो संस्करण आयोजना हुने भएको छ । अन्सु इभेन्ट प्रा.लि.को आयोजनामा हुने प्रतियोगिताका लागि आगामी फागुन १ गते छनोट प्रतियोगिता हुने आयोजकले जनाएको छ । युवाहरुको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा रुपन्देहीका २५ बढी प्रतिस्पर्धीले भाग लिने आयोजकको अपेक्षा रहेको छ ।

छनोट चरण पार गरेका प्रतियोगीहरुले २५ दिनसम्म व्यक्तित्व विकास, उद्घोषण कला, र्याम वार्क लगायतका सैद्धान्तिक र व्यवहारिक ज्ञानसहितको प्रशिक्षणमा सहभागी हुन पाउने छन् । प्रतियोगिताको विजेता, उप विजेता, तृतीय तथा सान्त्वना र विभिन्न विधागत रुपमा उत्कृष्ट हुने प्रतियोगिहरुलाई नगद पुरस्कारसहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको प्रा.लि.ले जानकारी गराएको छ । पुरस्कार राशी बारे अहिले नै नखुलाएको प्रतियोगितामा अडिशनमा सहभागी हुनका लागि हजार रुपैयाँ शुल्क लाग्ने छ भने छनोट भएका प्रतियोगिहरुले १५ हजार रुपैयाँ शुल्क तिरेर प्रतिस्पर्धामा भाग लिन पाउने छन् ।

प्रतियोगिताको छनोट कार्यक्रम बुटवलको फ्रेस बेकरीमा हुने छ भने प्रतियोगितामा मूख्य कोरियो ग्राफरकका रुपमा सोफिया रोक्का र सह कोरियो ग्राफरका रुपमा सविता रसाइलीले सहजीकरण गर्ने छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।