ताजा अपडेट »

स्व. कार्कीको स्मृतिमा श्रद्धाञ्जली सभा

मंगलबार, २० माघ २०७७, १९ : ०९
14 Shares

काठमाण्डौं । अन्तर्राष्ट्रिय पावरलिफ्टिङ्गका स्वर्ण पदक विजेता स्वर्गीय रुप कार्कीको १३ औं दिनको पुण्य तिथिमा नेपाल पावरलिफ्टिङ्ग संघको तत्वावधानमा फिटनेस ग्यारेज नयाँ सडक शाखाले श्रद्धांजलि सभा गरेको छ । गत माघ ८ गते हृदयघातका कारण मृत्यु भएका कार्कीलाई श्रद्धाञ्जली अर्पण गरिएको हो ।

नेपाल पावरलिफ्टिङ्ग संघका अध्यक्ष सुन्दर भुसालले आगामी २०७७ साल चैत्र २८ गते उनको स्मृतिमा राष्ट्रियस्तरको पावरलिफ्टिङ्ग खेल आयोजना गर्ने जानकारी गराए । कार्यक्रममा काठमाडौँ शारीरिक सुगठन संघका अध्यक्ष सुरेश सुवेदीले उनको व्यक्तित्व बारे चर्चा गरेका थिए । श्रद्धाञ्जली सभामा कपिलवस्तु शारीरिक सुगठन संघका अध्यक्ष जीवन गिरी, काठमाडौ शारीरिक सुगठन संघका उपाध्यक्ष बिजयत्तम रत्न वज्राचार्य, सचिव बुद्धिजंग कार्की, सल्लाहकार अमिर मसल, खेलाडीहरु सुखदेव कार्की, उत्सव अधिकारी, सामाजिक कार्यकर्ता बुद्धि कार्की, एनआरएनका रमेश ढकाल लगायतको उपस्थितीमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।