ताजा अपडेट »

नागरिक समाज रुपन्देहीद्वारा एम्बुलेन्स सार्वजनिक, सञ्चालनको तयारी

मंगलबार, २० माघ २०७७, १८ : ५२
4 Shares

बुटवल । रुपन्देही नागरिक समाजले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । विभिन्न सामाजिक व्यक्तित्वहरुको आर्थिक सहयोगमा खरिद गरिएको एम्बुलेन्स मँगलबार तिलोत्तमामा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

बुटवल निवासी चुन्न प्रसाद पौडेल, नरिश्वर पौडेल र भुमिराज पौडेलले आफ्ना आमा पार्वती देवी र बुबा पशुपति पौडेल तथा कमल किशोर मालपानी, बिजय कुमार मालपानी, उमाशंकर मालपानीको आमा यशोदा देवी, बुबा बालकृष्ण मालपानीको स्मृतीमा संयुक्त रुपमा नागरिक समाजलाई एम्बुलेन्स दान गरेका हुन् । रुपन्देही नागरिक समाजका अध्यक्ष रेशम केसीले सहयोग दातालाई आभार व्यक्त गर्दै विपन्न तथा गरिब समुदायहरुलाई विशेष छुटसहित एम्बुलेन्स सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे । नागरिक समाजका संरक्षक पुर्व मन्त्री प्रकास चित्रकारले सहयोगीहरुले व्यवसायमुखी भन्दापनि सेवामुखी भएर एम्बुलेन्स सञ्चालन गर्न आग्रह गरे ।

बुटवल । नागरिक समाजका जिल्ला सचिव दिपक रोकाको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष श्रीराम गुप्ताले स्वागत गरेका थिए । कार्यक्रममा संजीवनी कलेजका संस्थापक होमराज बस्याल, सल्लाहकारहरु इश्वरी चापागाइ, टेक बहादुर थापा, तारा आचार्य, शिव खत्री, उपाध्यक्ष शारदा पोखरेल, कोषाध्यक्ष चन्द्र बहादुर रोका लगायतको उपस्थितीमा एम्बुलेन्स सार्वजनिक गरिएको थियो ।

सो अवसरमा संजीवनी कलेजका संस्थापक बस्यालले नागरिक समाजको आजीवन सदस्यता ग्रहण गर्दै चालिस हजार नगद दान गर्ने घोषणा गरे । यसैगरी एम्बुलेन्स दाता चुन्नप्रसाद पौडेलले एक वर्षको संचालन खर्च समेत व्यहोर्ने घोषणा गरे । बुटवल उपमहानगरसँग समन्वय गरी एम्बुलेन्स संचालनमा ल्याइने सल्लाहकार इश्वरी चापागाइले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।