ताजा अपडेट »

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : सेमिफाइनल समीकरण पूरा

मंगलबार, २० माघ २०७७, १५ : ५९
4 Shares

भैरहवा । रुपन्देहीको भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितमा सेमिफाइनल समिकरण पूरा भएको छ । समूह (ए) बाट धनगडी क्रिकेट एकेडेमी र काशी नोबल एकेडेमी तथा समूह (बी)बाट न्यू होराइजन स्कूल र ओसिस क्रिकेट एकेडेमी सेमिफाइनल पुगेका छन् ।

मंगलबार सिद्धार्थ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा धनगढीले काशी नोबललाई ५८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २५ ओभरको खेलमा ७ विकेट क्षतिमा ९८ रनको योगफल बनायो । उसका लागि सचिन साउदले ३१ र खगेन्द्र कुँवरले २७ रन बनाए । बलिङमा काशीका सन्तोष यादव र तुसार चौहानले समान २/२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको काशीले १२.३ ओभरमा सबै विकेट गुमाई ४० रनमै समेटियो । जसमा अंकित बीएमले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । काशीलाई सस्तैमा रोक्न बलिङमा धनगढीका रोशन रावल, नरो भट्ट र रजत रानाले समान २/२ विकेट लिए ।

धनगढीमा रोशन रावल म्यान अफ द म्याच घोषित भए । पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता जारी छ । प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।