१० मंसिर २०७९, शनिबार

Nov 26, 2022

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा ‘महिलासँग उपप्रमुख’ कार्यक्रमलाई निरन्तरता दिइएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन कार्यविधि-२०७७ बमोजिम नगरमा सोमबारदेखि एक महिने हाते ढाका बुनाई होजेरी तालिम सुरु भएको छ ।

Advertisement

सैनामैना १ रानिवगियामा तालिमको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले नगरमा रहेका महिला दिदीबहिनीहरुलाई उद्यमी बनाउने नगरको योजना अनुरुप तालिम सञ्चालन गरिएको बताए । घर–घरमा उद्यमी महिला उत्पादन गर्ने नगरको लक्ष्य छ रहेको बताउँदै उनले तालिममा सिकेका कुरालाई व्यवहारमा परिणत गर्नुपर्नेमा जोड दिए।

घरेलु उद्योगलाई प्रवद्र्धन गर्दै लघु उद्यममा प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिका भित्र भएका पछाडी परेका, विपन्नता, जनजाती तथा फरक क्षमता भएका महिलाहरुलाई लक्षित गरी तालिम सुरु गरिएको उपप्रमुख बिना रानाले बताइन् । महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले विभिन्न खाले कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै ढाका बुनाइबाट राम्रो आम्दानी लिन सकिने भएकोले ढाका बुनाई सबै वडाका महिलाहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको जानकारी गराइन् ।

हाते मेसिनको प्रयोग गरेर तयार गरिएको ढाकाको कपडाको माग बढेसंगै राम्रो आम्दानी हुने भएपछि तालिम लिएर व्यवसाय गर्नेको संख्या समेत वृद्धि हुन थालेको बताउँदै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले सिकेका कुरालाई व्यवहारमा उतार्न अनुरोध गरे । नेपाल मगर संघ सैनामैनाका अध्यक्ष सुर्यबिक्रम रानाले ढाका बुनाइ एउटा परम्परागत कला रहेकोले यसले नेपालीको पहिचान समेत दिलाउने धारणा व्यक्त गरे । नगरमा रहेका महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य लिई ११ वटै वडाका करिब २२ जनालाई तालिम दिन थालिएको नगर महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवालीको भनाई छ ।

आगामी फाल्गुण १८ गते सम्म सञ्चालन हुने तालिमको प्रशिक्षण सैनामैना परम्परागत हाते तान उद्योगकी सञ्चालक लेखा दगामी मगरले दिने छिन् । दुई समुहमा तालिम प्रदान गरिने छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रतिनिधिसभामा कर्णाली प्रदेशमा एमाले शून्य, मुख्यमन्त्री बारे चर्चा शुरू पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट, दोषीमाथि कारवाहीको माग गर्दै सडक अवरुद्ध  रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई पराजित गर्दै राप्रपाका बोहोरा विजयी माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए राजीनामा कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे पाका चिन्तामणी बाको जीत द्वन्द्वकालको पीडामा न्याय भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु रुपन्देही-३ मा ८४ हजार ७४ मत गणना, दिपक बोहोराको अग्रता कायमै तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, ३ हजार ९१६ मत गन्न बाँकी जन्ती बोकेको जिप दुर्घटना आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ रुपन्देही-२ मा विहानदेखि अवरुद्ध मतगणना सुरू