ताजा अपडेट »

पाकिस्तानमा सडक दुर्घटना, १४ जनाको मृत्यु

मंगलबार, २० माघ २०७७, १५ : १२
6 Shares

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्च्मि बलोचिस्तान प्रान्तमा मङ्गलबार भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा अरु नौ जना गम्भीर घाइते भएका छन् ।

दक्षिणी शहर कराँचीतर्फ गइरहेको यात्रुबाहक बस कमजोर प्रकाशका कारण मुख्य राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो । घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था निकै चिन्ताजनक रहेको छ । घटनामा परी ज्यान गुमाएकामध्ये चार जना महिला र पाँच जना बच्चाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ ।-सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।