ताजा अपडेट »

उच्च अदालतका नौ जना न्यायाधीशको सरुवा

शुक्रबार, ०४ माघ २०७५, ०२ : ४५
4 Shares

माघ ४,

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धीकरण अभियानका क्रममा उच्च अदालतका नौ न्यायाधीशलाई विहिबार काज सरुवा गर्नुभएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार उचित न्यायसम्पादन नगरेको भन्ने न्यायपरिषदमा आएका उजुरीका आधारमा नौ न्यायाधीशलाई काज सरुवा गरिएको हो ।

यसअघि उचित न्यायसम्पादन गरेको नदेखिएपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमङ्गल आत्रेयलाई न्यायपरिषद् सचिवालयमा तानिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नोे कार्यभार सम्हाले लगत्तै न्यायिक अनुगमन तथा निगरानी संयन्त्र बनाउनुभएको थियो । सोही अनुगमनका क्रममा सही कार्यसम्पादन नगरेको पाएपछि नौ उच्च अदालतका न्यायाधीशलाई सरुवा गरिएको हो ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।