१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

फाइल तस्विर

रुकुमपूर्व। रुकुम (पूर्व) को भूमे गाउँपालिकामा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले कृषकको उत्पादनलाई जिल्ला बाहिर पठाउन थालेको छ । विसं २०७५ मा स्थापना भएको यस सहकारीले कृषि सङ्कलन केन्द्रमार्फत कृषि उपजलाई सङ्कलन गरी जिल्ला बाहिर निर्यात गर्न थालेको हो ।

Advertisement

सहकारीले यसै वर्षबाट भूमे गाउँपालिकासँग समन्वय गरी सञ्चालनमा ल्याएको सङ्कलन केन्द्रले कृषकलाई सहज बनाएको छ । अहिले सङ्कलन केन्द्रमा कृषकले सिमी, भटमास, केराउ, कोदो, फापर, टिम्मुर, मसुरा, आलु, बेसार, लसुन, प्याजलगायतका कृषि उपज बिक्री गर्न ल्याउने गरेको सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले जानकारी दिए ।

कृषकले ल्याएको उपजलाई सहकारीले बाहिरको बजार भन्दा सस्तो मूल्यमा किन्ने गरेको छ भने सिमीको दाललाई कृषकको मागअनुसार चामलसँग साटफेर गर्ने गरेको अधिकारीले बताए । उनका अनुसार एक पाथी सिमीसँग तीन पाथी चामल साटेर गरिदै आएको छ । यो क्षेत्रमा धान नहुने तर सिमी प्रशस्त मात्रामा हुने भएकाले मानिसले बढी चामलसँग सिमी साटफेर गर्ने गरेको व्यवस्थापक अधिकारीले बताए ।

अहिले सङ्कलन केन्द्रमा जम्मा भएको सबै प्रकारका उत्पादन दाङ, पाल्पा, बुटवल, बागलुङलगायतका क्षेत्रमा निर्यात भइरहेको छ । ती जिल्लाका सहकारीसँग समन्वय गरेर कृषि उपजलाई बाहिर पठाउने काम गरेको सहकारीले जनाएको छ ।

यस्तै काठमाडौँको चन्द्रागिरि र बारा जिल्लाबाट पनि यी सामानको माग आइरहेको सहकारीले जनाएको छ । सहकारीका व्यवस्थापन अधिकारीका अनुसार यहाँको जैविक उत्पादन राम्रो हुने भन्दै बाराबाट चामलसँग सिमी साटफेरको प्रस्ताव आएको छ । बाहिरको मागअनुसारको उत्पादन नभएकाले सबै ठाउँमा पर्याप्त कृषिउपज पुर्याउन नसकिएको उनले बताए ।

रुकुम (पूर्व) लाई लुम्बिनी प्रदेशले समेत जैविक जिल्ला घोषणा गरिसकेको छ । जैविक जिल्लाको जैविक उत्पादन भनेर अन्य ठाउँबाट यहाँको उत्पादनको माग विस्तारै बढ्न थालेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताएका छन् । यस्तै गाउँपालिकाले पहिलो प्राथमितामा कृषि क्षेत्रलाई नै राखेको छ । अहिले गाउँपालिकाले मारिङमा कृषि अनुसन्धान केन्द्रसमेत स्थापना गरी जैविक बीउबिजन उत्पादन गरिरहेको गाउँपालिका अध्यक्ष बुढामगरले बताए ।

जैविक उत्पादनलाई बढवा दिनको लागि रासायनिक मल र विषादीको प्रयोगमा बन्देज लागइएको छ भने कृषकको समस्या समाधानको लागि वडामा कृषि प्राविधिक खटाएको छौँ’, उनले भने । कृषि क्षेत्रबाटै नागरिकको जीवनस्तरमाथि उकास्नको लागि विभिन्न योजना बनाउँदै काम गरिरहेको गाउँपालिकाले मारिङ बहुउद्देश्यीय सहकारी संस्थासँग पनि समन्वय गरेर कृषकको उत्पादनलाई बजारसम्म पुर्याउने व्यवस्था गरेको हो ।

कृषकका उत्पादन सङ्कलनको लागि भने भण्डारण कक्षको अभाव देखिएको छ । सङ्कलन गरिएका सामग्रीमा कहिलेकाहीँ मुसाले पनि क्षति पुर्याउने गरेको छ । सहकारी बजार निर्माण भएपछि बिक्री वितरण गर्न सहज हुने गाउँपालिकाले जनाएको छ । लुम्बिनी प्रदेश सरकारको रु ५० लाख र सहकारीको रु ५० लाख गरी कूल एक करोड रुपैयाँको लगानीमा समग्र जिल्लालाई लक्षित गरी भूमेमा सहकारी बजार निर्माण गरिने भएको छ ।

सहकारी बजार निर्माणको लागि काम पनि शुरु भइसकेको सहकारीका व्यवस्थापक अधिकारीले बताए । सहकारी बजार निर्माण भयो भने जिल्लाभरिको उत्पादनलाई उचित व्यवस्थापन गर्न सकिने अपेक्षा यहाँका तीनवटै स्थानीय तहले गरेका छन् । यस्तै जिल्लाका अन्य सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकाले पनि जैविक जिल्ला निर्माणको आधारलाई टेकेर कृषि क्षेत्रमा लगानी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७०३, सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना भैरहवामा अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु रुपन्देहीमा घर बनाईदिने प्रलोभनमा लाखौँ ठगि गरी फरार प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक राजधानी तत्काल दाङ नसार्न एमालेबाट निर्वाचित रुपन्देहीका ४ सांसदको माग सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ? बुटवलमा बसको ठक्करबाट १५ महिनाका बालकको मृत्यु विश्वका आधा प्रजातान्त्रिक देश पतनमाः अध्ययन जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ? कम्युनिस्टविनै बहुमतको सरकार बन्छ ? यस्तो छ सम्भावना बुटवलबाट मुख्यमन्त्रीले मन्त्रालय दाङ सार्न थालेपछि दलहरुको बिरोध कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ताः सहमतिनजिक पुगेको राष्ट्रपतिको भनाई दोलखा प्रदेश सभा (ख)मा एमालेका केसी विजयी शुभकामनासहित धनराजलाई पद्माको सुझाब : ‘आगामी दिनमा तपाईबाट लोकतन्त्र अपहरित नहोस्’ माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमै खाल्डो, सवारी आवागमन प्रभावित पूर्वप्रहरीका सन्तानलाई विद्यालय र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिइने