ताजा अपडेट »

म्यानमारमा सेनाको ‘कू’बारे छलफल गर्न राष्ट्रसंघको सुरक्षा परिषदको आकस्मिक बैठक बस्दै

मंगलबार, २० माघ २०७७, १२ : २७
2 Shares

काठमाडौँ । म्यानमारमा सेनाले गरेको ‘कू’बारे छलफल गर्न राष्ट्रसंघको सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको छ। मंगलबार सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार बिहान राष्ट्रपति वुइन मीयन र सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङसाङ सुकीलाई नियन्त्रणमा लिएर सेनाले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरेको थियो ।सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो।गत नोभेम्बर महिनामा भएको चुनावमा सू चीको पार्टी न्याश्नल लिग फर डेमोक्रेसी ९एनएलडी० ले सरकार गठन गर्ने बहमुत प्राप्त गरेको थियो ।

सेनाले उक्त चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ। सेनाले सङ्कटकाल घोषणा गरेपछि विश्वभरका नेताहरुले प्रजातन्त्रको पुनःस्थापनाको आह्वान गरेका छन् ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।