ताजा अपडेट »

पर्वत बस दुर्घटना : मृत्यु हुने सबैको सनाखत

शुक्रबार, ०४ माघ २०७५, ०२ : ३९

माघ ४,

पर्वत । पर्वतको कुस्मा नगरपालिका– १ मालढुङ्गामा विहिबार बिहान भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ ।

घटनास्थलमा तीन जना र अस्पतालमा उपचारका क्रममा चार जनाको मृत्यु भएको हो । म्याग्दी सदरमुकामको बेनीबाट नारायणगढतर्फ हिँडेको ग १ ख ६१०८ नंको बस बिहान ८ः३० बजेतीर दुर्घटना भएको थियो ।

यसरी मृत्यु हुनेमा म्याग्दी पाखापानी–२ का २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–७ का ५५ वर्षीया अमिसरा पुन र २२ वर्षीय जीवन विक, सोहि गाउँपालिका–८ का ४० वर्षीया सेती परियार र उनका श्रीमान् ५० वर्षीय टिके परियार, चितवन भरतपुर महानगरपालिका–८ का ४१ वर्षीय सुब्बे परियार तथा बाग्लुङ नगरपालिका–४ कुँडुलेका ४८ वर्षीया शान्ती केसी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते नौ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । जसमध्ये सात जनाको छाउनी अस्पताल र दुई जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

उपचारका लागि काठमाडौँ लगिनेमा कालिकोट महावल गाउँपालिका–४ का राजबहादुर सिंह, म्याग्दी बेनी–८ का ६३ वर्षीय लक्ष्मीप्रसाद विक, सोही ठाउँका दीपेन्द्र विक, पर्वत जलजला–८ का प्रवेशिका पौडेल र उनका भाई सात वर्षीय प्रमाण पौडेल, चितवन लङ्पुरका ४५ वर्षीय रोहिडीप्रसाद चापागाईं, सोही ठाउँका कृष्ण पौडेल तथा बेनी नगरपालिका–७ की मन्दिरा पौडेल रहेका छन् ।

घाइतेमध्ये बाइस जनालाई उपचारका लागि पोखरा लगिएको छ । पोखराका विभिन्न अस्पतालमा उपचार हुने घाइतेमा जलजला गाउँपालिका– ८ का विक्रम रेग्मी, कमला रेग्मी, कुशल रेग्मी, कास्की पोखरा–३३ का लक्ष्मी बोहरा, सोही ठाउँका दिपिका बोहरा, कास्की अन्नपूर्ण–४ बस्ने चन्द्रा आचार्य, सोही ठाउँका सात वर्षीय बालक शङ्कर पौडेल, जलजला–७ का विषमाया पुन, कुश्मा नगरपालिका–९ का बस चालक रमेश पराजुली रहेका छन् ।

यसैगरी जलजला गाउँपालिका– ७ का उदिवर तिलिजा, कमल पौडेल र बालकृष्ण पौडेल, म्याग्दी बेनी–७ का टेकबहादुर पुन, हेमकला रेग्मी र सुन्दरी पौडेल चितवन भरतपुर महानगरपालिका–४ का पूर्णकला बस्नेत, पर्वत जलजला– ८ का राजन सापकोटा, देवीलाल नेपाली, दीपक परियार र तुलसी सुवेदी, धादिङका मानबहादुर गुरूङ, चितवनका लक्ष्मी पौडेललाई पनि उपचारका लागि पोखरा लगिएको छ । अन्य घाइतेको धौलागिरि अञ्चल अस्पतालमै उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

म्याग्दीबाट १४ जना यात्रु लिएर छुटेको बस आधा घण्टामै दुर्घटनामा परेको हो । अन्य यात्रु भने पर्वतको जलजलाका विभिन्न स्थानबाट चढेका थिए । प्रहरीले दुर्घटना भएको आधा घण्टामै सबै बिरामीलाई अस्पताल पु¥याएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।