ताजा अपडेट »

सभामुखले फिर्ता गरिदिए संसदीय सुनुवाइका सिफारिस (पत्रसहित)

आइतबार, १८ माघ २०७७, १६ : ३४

काठमाडौं । संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले गरेका सिफारिसहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिएका छन्।

परिषदले गत पुस ५ गते प्रतिनिधि सभा विघटनपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न निकायमा नियुक्त गरिएको जनाएको थियो। सभामुख सापकोटाले प्रतिनिधि सभा विघटन भएकाले सिफारिस सुनुवाइ गर्न नसक्ने भन्दै फिर्ता पठाइदिएका हुन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते नै प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

Sunuwai paper speaker 1
Sunuwai paper speaker 2
Sunuwai paper speaker 3
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।