ताजा अपडेट »

सुशान्त सिंहका भाईमाथि गोली प्रहार

आइतबार, १८ माघ २०७७, १२ : २५
6 Shares

काठमाडौँ । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतका भाई राजकुमार सिंह र उनका सहयोगीमाथि गोली प्रहार भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान ११ः३० बजे बिहारको सहरसामा उनीहरुमाथि गोली प्रहार भएको हो । गोली लागेर उनीहरु गम्भिर घाइते भएका छन् ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । सरहसामा यामहा कम्पनीको मोटरसाइकल शोरुम चलाउँदै आएका राजकुमार सिंह आफ्ना सहयोगी अली हसनका साथ शोरुम जाने क्रममा उनीहरुमाथि मोटरसाइकलमा आएका तीन जना अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।