ताजा अपडेट »

लुम्बिनी फोटो ग्राफर संघको अध्यक्षमा मनिष

आइतबार, १८ माघ २०७७, १२ : २५
6 Shares

बुटवल । लुम्बिनी फोटोग्राफर संघको १४ औं वार्षिक साधारण सभा एवम् पाँचौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले मनीराम पन्थ(मनीष)को अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा दिनेश अर्याल, प्रथम उपाध्यक्षमा रामप्रसाद भण्डारी, द्वितीय उपाध्यक्षमा रामराज शर्मा र महासचिवमा माधवप्रसाद पन्थ चयन भएका छन् । त्यसैगरी सचिवमा प्रेमबहादुर अर्याल, सहसचिवमा कमला घर्तिमगर र रामचन्द्र बेलबासे कोषाध्यक्षमा चयन भएका छन् ।

अधिवेशनले सदस्यमा त्रिभुवन पाण्डेय, कमल अर्याल, रेशम भण्डारी, मोहन महतो, गोभा ज्ञवाली, गीता पंगेनी, ज्योतिलाल भट्टराई, मनोज क्षेत्री, दीपक पौडेल र धीरेन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी अधिवेशनले कर्णबहादुर तिवारीको संयोजकत्वमा शोभाखर पन्थ र रविलाल पौडेल सदस्य रहने गरी तीन सदस्यीय लेखा समिति समय छनौट गरेको छ ।

यस अघि अधिवेशनलाई सम्बोधन गर्दै संघका संस्थापक अध्यक्ष निलकण्ठ भट्टराईले फोटोग्राफी पेसालाई मर्यादित र समय सापेक्ष बनाउन जोड दिए । प्रविधिमैत्री हुन सकेमा नै यो पेसा दीर्घकालीन हुने उनको सुझाव थियो । नवलपरासी फोटोग्राफर संघका अध्यक्ष चेतनारायण पाण्डे र गुल्मी फोटोग्राफर संघका अध्यक्ष श्रीहरि न्यौपाने, रुपन्देही फोटोग्राफर संघका संस्थापक अध्यक्ष दुर्गा प्रसाद भण्डारीको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले संस्थाको प्रगति प्रतिवेदन एवम् भावी कार्ययोजना पेश गरेका थिए ।

सक्रिय महिला फोटोग्राफर माया पाण्डे, युवा फोटोग्राफर रविलाल पौडेल तथा उत्कृष्ट क्षेत्रीय संयोजक रामचन्द्र बेलबासे सम्मानित भएका छन् । पुराना तथा अग्रज फोटोग्राफरहरु रामराज शर्मा, टेकनारायण भट्टराई, सुर्यनारायण ज्ञवाली, धनपति न्यौपाने र हेमनाथ घिमिरे (अर्जुन) सम्मानित भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।