ताजा अपडेट »

बुटवलबाट सुरु भएको ‘नेपाल स्टार’को उपाधि पोखराकी एलिनालाई

शनिबार, १७ माघ २०७७, २२ : ०९
10 Shares

बुटवल । ‘वाईवाई नेपाल स्टार’ को उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् । नेपाल टेलिभिजनको प्रस्तुती र कि एडभरटाइजिङको व्यवस्थापनमा शनिबार सम्पन्न गायन प्रतियोगिता ‘नेपाल स्टार’ को उनी पहिलो विजेता बन्न सफल भएकी हुन् । हामी नेपाली, हाम्रो आवाज’ भन्ने नारासहित ‘वाईवाई नेपाल स्टार’ को पहिलो अडिशन गत वर्षको पुसमा बुटवलबाट भएको थियो ।

गुरुङले उपाधिसँगै नगद ३५ लाख सहित विभिन्न अवसर तथा गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् भने उपविजेता सुरेश गुरुङ,लक्ष्मण लिम्बु र सन्देश बम्जन लामालेले नगद ५–५ लाख प्राप्त गरेका छन् । देशभरबाट २ हजार बढी सहभागीहरु मध्ये उत्कृष्ट ४ जनाले फाइनलमा प्रतिष्पर्धा गरेका थिए ।

देशैभरीबाट गायन प्रतिभाहरुको पहिचान गरि प्रतियोगिताबाट उत्कृष्ट प्रतिभा उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता आयोजना गरेको र कोभिड समस्या र चुनौतीका बीच पनि प्रतियोगिता सभ्य र भव्य भएको एडभरटाइजिङका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजाल (शशी) ले बताए ।प्रतियोगितामा चर्चित कलाकार/गायक रामकृष्ण ढकाल, आलोकश्री र अञ्जु पन्त निर्णायकको भूमिकामा रहेका थिए । प्रतियोगिताको सञ्चालन सन्जोक बस्याल र निशा पाठकले गरेका थिए ।

https://www.globalaawaj.com/archives/22954
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।