ताजा अपडेट »

बुटवलको कालिकानगर क्षेत्रलाई रात्रिकालिन शहर बनाउने राय

शनिबार, १७ माघ २०७७, १७ : ५६
4 Shares

बुटवल । रुपन्देहीका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले व्यवसायीक वारतारण सिर्जना गरिदिनका लागि सुरक्षा निकायलाई आग्रह गरेका छन् । सुरक्षाको ग्यारेन्टी हुने ठाउँ व्यवसायीक प्रवद्र्धन बताउँदै उनीहरुले सहजीकरणका लागि सुरक्षा निकायलाई आग्रह गरेका हुन् ।

शान्ति सुरक्षाको प्रत्याभूती नुहने स्थान, क्षेत्रमा व्यवसाय फस्टाउन सक्दैन भन्ने विषयलाई हरेक क्षेत्रका व्यवसायीले बुझ्न जरुरी रहेको सरोबारवालाहरुले औल्याएका छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले शनिवार बुटवलमा गरेको व्यवसायीक अन्तरक्रियामामा सहभागीहरुले कोरोना माहामारीले थला परेको पर्यटन व्यवसायलाई बचाउन र फस्टाउने गरि वातावरण मिलाई दिन सुरक्षा निकाय समक्ष आग्रह गरेका छन् । रुपन्देहीको बुटवल शहरलाई उज्यालो शहर बनाउनका लागि रात्रीकालिन समयमा बुटवलको कालिका पथबाट अभियान शुरु गर्न उनीहरुको माग छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले बुटवललाई आर्थिक क्षेत्रको हव बनाउनका लागि आवश्यक पर्ने जस्तो सुकै सुरक्षा व्यवस्था प्रदान गर्न प्रहरी प्रशासन तयार रहेको बताएका छन् । उनले जहाँको सुरक्षा व्यवस्था राम्रो हुन्छ त्यहाँको व्यवसाय फस्टाउने कुरालाई ध्यानमा राखी व्यवसायीक मर्यादालाई समेत आत्मसाथ गर्न व्यवसायीहरुलाई आग्रह गरे ।

होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले बुटवलको कालिका पथ क्षेत्रलाई काठमाडौको ठमेल शहर जस्तै विकास गर्न सके यस क्षेत्रमा पर्यटक भित्र्याउन सहज हुने बताए । त्यसका लागि राजनैतिक दल, नागरिक समाज, प्रहरी प्रशासन बीच समन्वय जरुरी रहेको उनले बताए । संघका अध्यक्ष समुन्द्र जिसीले कोभिडको माहामारीले घर भाडा तिर्न नसकेर रुपन्देहीबाट सय बढी व्यवसायीले व्यवसाय नै छाडेको बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, महासचिव माधव कुमार खनाल, व्यवसायीहरु बाबुराम अर्याल, सन्तोष मल्ल, अतित थापा, सनोज श्रेष्ठ लगायतले बुटवल क्षेत्रमा व्यवसाय संचालन गर्ने रात्रीकालिन क्लवहरु, लाईभ म्यूजिक, क्याफे तथा होटल रेष्टुरेण्ट बन्द गर्ने समयावधी लम्बाउन माग गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।