ताजा अपडेट »

फागुन ८ देखि 'प्रथम सुनिल ढुङ्गाना स्मृति खुल्ला टि-१०' प्रतियोगिता

शनिबार, १७ माघ २०७७, १६ : ३५
6 Shares

बुटवल । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा प्रथम सुनिल ढुङ्गाना स्मृति खुल्ला टि(१० नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । क्लवका संस्थापक अध्यक्ष स्वर्गीय सुनिल ढुङ्गानाको स्मृतिमा आगामी फागुन ८ कतेदेखि रुपन्देहीको तिलोत्तमामा अवस्थित नव जीवन खेल मैदानमा प्रतियोगिता हुने भएको हो ।

सर्बोत्तम सिमेन्टको मुख्य प्रायोजन रहेको प्रतियोगितामा देशभरका टिमको सहभागिता रहने आयोजक संस्था तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक भुर्तेलले जानकारी गराए । प्रतियोगितामा विजेता टिमले एकलाख नगद पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ भने उप विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । यसैगरी विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५र५ हजार पुरस्कार राशी प्राप्त गर्ने छन् भने हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । टिम दर्ताका आगामी फागुन ५ गतेसम्म गर्न पाउने छन् भने दर्ता शुल्क १० हजार रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताबाट स्वर्गीय ढुङ्गानाको नाममा अक्षकोष स्थापना गरि तिलोत्तमा भित्रका विद्यालय स्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने आयोजकलेजनाएको छ । पहिलो वर्ष प्रतियोगिताबाट ५० हजार तथा अन्य स्रोतबाट ५० हजार गरि लाख रुपैयाँको अक्षकोष स्थापना गरिने र आगामी ४ वर्षभित्र कोषको रकम ५ लाख रुपैयाँ पुर्याइने भएको हो ।

प्रतियोगिता बारे जानकारी गराउन शनिबार मणिग्राममा आयोजित कार्यक्रममा बोल्दै मुख्य प्रायोजक सर्वोत्तम सिमेन्टका रिजनल मार्केटिङ म्यानेजर रमेश ढकालले निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । यसै गरि जिल्ला खेलकुद विकास समितिका संगम थापा, नगर खेलकुद विकास समितिका राजेन्द्र गुरुङ तथा राष्ट्रिय कोच शंकर रानाले कार्यक्रम सफलताको कामना गरे । प्रतियोगिता आयोजनाका लागि साढे ८ लाख खर्च अनुमान गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।