ताजा अपडेट »

औषधि व्यवस्था विभाग संघीय संरचना अनुसार विस्तार गर्न खाँचो : मन्त्री बराल

शनिबार, १७ माघ २०७७, १३ : ४६
4 Shares

बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले औषधि व्यवस्था विभागलाई संघीय संरचना अनुसार विस्तार गर्न आग्रह गरेका छन् । औषधि व्यवस्था विभागमा अझै पनि जनशक्ति व्यवस्थापनको समस्या रहेको बताउँदै उनले त्यसका लागि संघीय सरकारले प्रदेशलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने विचार व्यक्त गरे । विगतमा जस्तै औषधि व्यवस्था तथा उपचारका लागि देशको राजधानी काठमाण्डौं धाउनु पर्ने समस्यालाई अन्त्य गर्ने लक्ष्यका साथ लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको उनले बताए ।

नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको शनिबार बुटवलमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले आषधि व्यवसायीहरुसँग–सँगै प्रदेश सरकार रहेको बताए । उनले संघमा आवद्ध सदस्यहरुलाई व्यवसायीकताका साथै मानवीय सेवालाई समेत ध्यानमा राखेर अगाडि बढ्न आग्रह गरे ।

भरत भट्टराई औषधि व्यवस्था विभागका महा निर्देशक भरत भट्टराई विभागमा जनशक्तिको समस्यालाई स्वीकार गर्दै विभागलाई व्यवस्थीत गर्दै लगिने बताए । औषधि व्यवसायीहरुले राखेका गुनासाहरु बारे बोल्दै उनले व्यवसायी तथा विभाग बीच समन्वयको समस्या हुने गरेको बताए । व्यवसायीहरुको समस्याका बारेमा विभागले पूर्ण रुपमा सहयोग गर्न तयार रहेको बताउँदै उनले कानूनले व्यवस्था गरे अनुसार र विधि सम्बत् कुराहरुमा रहेर सधै व्यवसायीको पक्षमा काम गर्ने आफ्नो प्रतिवद्धता जनाए ।

संघीय संचरना अनुसार संघको संरचना गठन गर्नका लागि प्रथम अधिवेशन बुटवलमा भएको हो । अधिवेशनले आगामी ३ वर्षका लागि प्रदेश स्तरको नेतृत्व चयन गर्दै छ । वि.स. २०३० असार १० गतेमा स्थापना भएको संघमा देशभर करिब २८ हजार बढी औषधि व्यवसायीहरु रहेका छन् भने लुम्बिनी प्रदेशका १२ जिल्लामा करिव ४ हजार ८ सय बढी व्यवसायी रहेका छन् ।

कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी प्रदेश तदर्थ समितिका संयोजक शिव ज्ञवालीले व्यवसायीहरुको कार्य क्षमताका लागि व्यवसाय सहायक तालिम, संस्था नविकरणमा देखिएका समस्या तथा विभिन्न ठाउँ र शिर्षकमा सरकारलाई तिर्नु पर्ने कर लगायतका विषयमा औषधि व्यवस्था विभागलाई ध्यानाकर्षण गराएका छन् ।

यसैगरी तदर्थ समितिका सह-संयोजक अभय कुमार बस्नेतले मुलुकमा ४० अरब बराबरको औषधि आपूर्तिमा योगदान पुर्याउँदै आएका व्यवसायीहरुको समस्यामा सरकार गम्भीर बन्नका लागि आग्रह गरे । व्यवसायीक क्षेत्रका आर्थिकसँगै मानवीय सेवा प्रदान गर्ने व्यवसायीहरुका लागि सरकारले निर्धारण गरेको १६ प्रतिशत मूनाफालाई वृद्धि गर्न उनको आग्रह थियो ।

रुपन्देही जिल्ला अध्यक्ष सुरज भट्टराईको स्वागतमा भएको कार्यक्रममा औषधि व्यवसायी संघले प्रकाशन गरेको ‘औषधी व्यवसायी सन्देश’ नामक पुस्तक विमोचन गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।