ताजा अपडेट »

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : आयोजक स्टार विजयी

शुक्रबार, १६ माघ २०७७, २१ : ०१
8 Shares

भैरहवा । पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक विजयी भएको छ । भैरहवामा जारी प्रतियोगितामा शुक्रबार आयोजक स्टार क्रिकेट एकेडेमीले साई ग्लोबल एकेडेमीलाई ६ विकेटले पराजित गरेको हो ।

दोस्रो खेल भने पोखरा क्रिकेट एकेडेमी र ओषिस क्रिकेट एकेडेमी बीच बराबरीमा टुंगिएको छ । यी दुबै टिमले समान १ सय ८ रन बनाए । सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित १८ ओभरको खेलमा ७ विकेट गुमाई १ सय ११ रन बनायो । जसमा शैलेन्द्र यादवले ३५ र मानवेन्द्र सिंहले २५ रन बनाए । बलिङमा स्टारका राजन भुज र अलदीप कुँवरले समान २/२ विकेट लिए । जवाफी ब्याटिङ गरेको स्टारले १७ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा १ सय १२ रन बनाउँदै लक्ष्य पूरा गर्यो । उसको जीतमा सुरज यादवले ३९ र सागर कुँवरले २१ रनको बनाए । बलिङमा साई ग्लोबलका कमरान खाँनले १ विकेट लिए । स्टारका सुरज यादव म्यान अफ द म्याच घोषित भए ।

यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित १८ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८ रन बनायो । जसमा प्रमिस अर्यालले ४०, राशन अर्यालले २४ र सोयल कुँवरले २३ रन बनाए । बलिङमा ओषिसका रोहित शर्मा र आकृष्ट सिंहले २/२ विकेट लिए । जवाफी ब्याटिङ गरेको ओषिसले ७ विकेट क्षतिमा १ सय ८ रनमै सीमित रह्यो । उसका लागि सम्राट भुसालले ३९ र आरम्भ तिमिल्सिनाले १७ रन बनाए । बलिङमा सिब्रिन श्रेष्ठले २ र रोशन अर्यालले १ विकेट लिए । म्यान अफ द म्याच रोशन अर्याल भए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा