७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

भैरहवा । सिद्धार्थनगर नगर पालिकाले नगर पालिकामा बसोबास गर्ने सुत्केरी महिलाहरुलाई लक्षित गर्दै “सुत्केरी आमाहरुसंग शुभकामना सन्देश सहित नगर उप–प्रमुखको कोशेली भेट कार्यक्रम” ल्याएको छ ।

Advertisement

सिद्धार्थनगर नगरपालिकामा स्थायी रुपले बसोबास गर्ने ४५ दिन भित्रका सुत्केरी महिला लक्षित गर्दै कार्यक्रम ल्याएको नगरपालिकाले शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । सुत्केरी आमा तथा शिशुको पोषण सम्बन्धि सचेतना अभिवृद्धि गरि आमा तथा बच्चाको पोषण तथा स्वास्थ्यलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित कार्यक्रम लागु गरिएको सिद्धार्थनगर नगर पालिकाकी उप–प्रमुख उमा काफ्ले जानकारी दिईन ।

यसका लागी नगरपालिकाले चालु आर्थिक बर्षमा १६ लाख बजेट बिनियोजन गरि नगर भित्रका १ हजार ६ सय ९१ जनालाई पोषण युक्त कोशेली प्रदान गर्ने योजना रहेको छ । कोशेलीको मूख्य उद्देश्य नै सचेतना फैलाउने रहेको कारण यसमा सचेतना सम्बन्धि बिभिन्न शुभकामना कार्ड, १ किलो घ्यु, आधा किलो च्यवनप्राश, खजुर ३ सय ग्राम, आधा किलो महको साथै आईरन चक्की, क्याल्सियम र भिटामिन ए प्रदान गरिने उप–प्रमुख काफ्लेले जानकारी दिईन ।

यस बर्षमा १६ लाख बजेट बिनियोजन गरिए पनि बजेट अपुग भए रकमान्तर गरेर भए पनि कार्यक्रमलाई निरन्तरता दिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनीले बताए । उनले यो कार्यक्रम यस आर्थिक बर्षको लागी मात्र नभई नगरपालिकाको नियमित कार्यक्रमको रुपमा समावेश भएको बताए । नगरपालिकाको आन्तरिक श्रोत र समानिकरण अनुदानबाट ब्यवस्थापन गरिएको यो कार्यक्रमलाई बजेट अभाव हुन नदिने उनको प्रतिवद्धता रहेको थियो ।

कोशेली बितरण गर्ने नगरपालिकाले मापदण्ड समेत तयार गरेको छ । कोशेली पाउने महिला नगरपालिका क्षेत्रमा स्थायी बासोबास गर्ने अनिवार्य नेपाली नागरिक हुनु पर्ने नगरपालिकाको शर्त छ । यस्तै २०७७ कार्तिक १ गते यता सुत्केरी भएकी ४५ दिन भित्रका महिलालाई मात्र कार्यक्रमले समेटने सुत्केरी महिलासित अस्पतला वा प्रसुति केन्द्रमा सुत्केरी भएको प्रमाण हुनु पर्ने शर्त रहेको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख उमा थापाले जानकारी दिईन । कोशेली प्राप्त गर्ने महिला नेपाल सरकारबाट सुत्केरी सुविधा प्राप्त नगरेका सुत्केरी आमाहरु समक्ष मात्र यो कार्यक्रम पु¥याईने थापाले बताईन ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने