ताजा अपडेट »

७०५ अधिकृत र ४८ नायव सुब्बास्तरको लागि जागिर खुल्यो

शुक्रबार, ०४ माघ २०७५, ०२ : २१

माघ ४,

काठमाडौँ । सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि ७५ हजार ३६७ कर्मचारीले आवेदन गरेका छन् ।

जसमध्ये सङ्घमा समायोजनमा जान ४६ हजार २७०, प्रदेशमा ५८ हजार ६२३, स्थानीय तहमा तीन लाख ४५ हजार २२५ र अन्य सेवका कर्मचारीले स्थानीय तहमा समायोजन हुन एक हजार ६६७ जनाले आवेदन गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सरकारले गत पुस ११ गते सूचना जारी गरेर तीनै तहमा समायोजनमा जानका लागि कर्मचारीलाई आह्वान गरेको थियो । समायोजनका लागि आवेदन गर्ने समय गत रातिदेखि सकिएको छ ।

सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा गरी कूल एक लाख ३८ हजार १७८ दरबन्दी कायम गरेको थियो । सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दीको सङ्गठन संरचना तयार गरेको थियो ।

सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीलाई आफैँले खटाउने तयारी गरेको छ ।

समायोजनका लागि अनलाइन फाराम नभरेका कर्मचारीलाई सरकारले आफैँले नै आवश्यकताका आधारमा समायोजन गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

यसैबीच, सामान्य प्रशासन मन्त्रालयले विशिष्ट श्रेणीको कर्मचारीको समायोजनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।