ताजा अपडेट »

क्रसर तथा खानी व्यवसायीको अधिवेशन बुटवलमा

शुक्रबार, १६ माघ २०७७, १६ : ०१
6 Shares

बुटवल । नेपाल क्रसर तथा खानी उद्योग महासंघ सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन बुटवलमा शुक्रबारदेखि सुरु भएको छ । महासंघको आगामी ३ वर्षका लागि नेतृत्व चयन गर्ने गरी सुरु भएको महाधिवेशनमा देशरका ४ सय बढी व्यवसायी प्रतिनिधीहरुको सहभागीता रहेको छ ।

महाधिवेशनको लुम्बिनी प्रदेशसभा नेपाली कांग्रेसका प्रमुख सचेतक फकर उदिन खाँले गरेका छन् । महाधिवेशनमा सहभागीहरुलाई स्वात गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष सिताराम न्यौपानेले क्रमसर क्षत्रमा व्यवसायीहरुको लगानी असुरक्षीत हुने गरेको गुनासे गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । क्रसर उद्योगहरुको नविकरण रोकेको सरकारले छिट्टै नविकरण प्रक्रिया अगाडी बढाउन उनले माग गरे ।

यसैगरी महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द ज्ञवालीले मापदण्डका नाममा क्रसर उद्योगीहरुलाई अन्याय गरेको गुनासो गरे । करोडौ लगानी गरेका क्रसर उद्योगहरुलाई मापदण्डका नाममा अवैध ठहर गर्ने सरकारको नीतिले आफूहरुले परिचय दिन समेत गाह्रो हुने गरेको उनको गुनासो थियो । व्यवसायीक क्षेत्रमा भएका समस्या समाधानका लागि सबै उद्योगी व्यवसायीक एक हुनका लागि समेत उनले आह्वान गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।