ताजा अपडेट »

प्रेस यूनियन सुनसरीद्वारा ३२७ सञ्चारकर्मीलाई दुर्घटना बिमा

बुधबार, १४ माघ २०७७, २१ : २७
6 Shares

सुनसरी । नेपाल प्रेस यूनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरेको छ । अजोड इन्स्योरेन्स काठमाण्डौंसँगको सम्झौता अनुसार यूनियन सुनसरीले सञ्चारकर्मीहरुको बुधबार निःशुल्क दुर्घटना बिमा गरेको हो । गत पौष २८ गते नेपाल प्रेस यूनियन सुनसरी र अजोड इन्स्योरेन्स बीच भएको सम्झौता अनुसार जिल्लाका २०६ सञ्चारकर्मीका लागि ७ लाखको बराबरको बिमा गर्ने उल्लेख गरिएको छ ।

बिमा व्यवस्थापन समितिका संयोजक तथा यूनियनका पूर्व केन्द्रीय सदस्य दिवश पोखरेलका अनुसार आफूहरुलाई डकुमेन्ट प्राप्त भएको आधारमा बिमा गरिएको हो । ‘हामीलाई प्राप्त भएको सिफारिस र अन्य विवरणको आधारमा बिमा गरिएको हो ।’-उनले भने, ‘करीब चार सयको विवरण आएको थियो, तर केही नामहरुको डकुमेन्ट नपुगेकाले हामीले उनीहरुको बिमा गर्न सकेनौं ।’ उनले जिल्लाका सबै सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरु समेटिएको बताए ।

प्रेस यूनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले यसअघि युनियनले कोरोना बिमा पनि गरेको र अहिले दुर्घटना बिमा गरेको बताए । सम्झौतामा २ सय ६ जना सञ्चारकर्मिको बिमा गर्ने भएपनि धेरै संख्यामा सञ्चारकर्मिहरुले आबेदन गरेका थिए । आवेन अनुसार ३०४ जनाको बिमा गरिएको अध्यक्ष अधिकारीले बताए । सम्झौताभन्दा माथि गरिएका बिमित सञ्चारकर्मिहरुको प्रिमियम शुल्क प्रेस यूनियनले तिरेको छ । सम्झौता अनुसार दुर्घटना परि ज्यान गुमाउने सदस्यका परिवारले ७ लाख रुपैयाँ बिमा रकम पाउने छन् भने उपचार खर्च बापत ७० हजार प्राप्त पाउने छन् । यसैगरी विराटनगरको नोबेल अस्पतालसँग पत्रकारको उपचार खर्चमा लाग्ने रकममा पचास प्रतिसत छुटका लागि सम्झौता गरिएको यूनियनले बताएको छ ।

प्रेस यूनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटीले दुर्घटना बिमाले पत्रकारिताप्रतिको आकर्षण बढाउने बताए । उनले भने, ‘महासंघले सबै अटाउन नसकिरहेको अवस्थामा यूनियनले जिल्लाकै तीन सय सदस्यको बिमा गरिनुले पत्रकारिताप्रतिको आकर्षण बढाउँछ ।’ उनले उक्त कामले सञ्चार क्षेत्रमा आबद्ध मानिसहरुमा सकारात्मक प्रभाव पार्ने बताए ।

प्रदेश १ का अध्यक्षहरुको पनि बिमा
साथै, युनियनका प्रदेश १ भरीका अध्यक्षहरुको पनि बिमा गरेको छ । सुनसरी अध्यक्ष अधिकारी सहित प्रदेशका १४ वटै जिल्लाका अध्यक्षहरुको बिमा गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।