ताजा अपडेट »

सैनामैनामा भूमि आयोगको कार्य तीब्र

बुधबार, १४ माघ २०७७, २१ : ०२
6 Shares

सैनामैना । रुपन्देहीको सैनामैनामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यववस्थित बसोबासीको लगत संकलन सम्बन्धी अभिमुखीकरण लगाएतका कार्यक्रमले तीब्रता पाएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगसँग नगरपालिकाले सम्झौता गरे लगतै आवश्यक तयारी सुरु गरेको हो ।

नगरपालिकाले सबै वठाका १०७ टोल विकास संस्थाहरुबाट गणक छनोट गरेको छ । भूमि सम्बन्धी समस्या समाधानका लागि जनप्रतिनिधि, कर्माचारी, राजनैतिक दल, टोल बिकास संस्थाका पदाधिकारी लगाएतको उपस्थितीमा नगरले आवश्यक छलफल र परामर्श गर्दै आएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताए । ‘नगर स्तरीय भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समिति तथा वडास्तरीय सहजीकरण समिति सबै गठन गरी तीब्र गतिका काम अगाडी बढाएका छौ’-कार्कीले भने ।

आयोगले माघ ९ गते प्रथम पटक सूचना प्रकाशित गरि सकेको छ । तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी आगामी फागुन १३ गतेभित्र वडा कार्यालय मार्फत् घरदैलोमा खटिएका लगत संकलन वा सम्बन्धित वडा कार्यालयमा फारममा उल्लेखित विवरणलाई पुष्ट्याईं गर्ने प्रमाण कागजात सिधै पेश गरिसक्नु पर्ने छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगले आफ्नो काम अगाडी बढाएसंगै स्थानीयमा उत्साह थपिएको सैनामैनाका थारु अगुवा तथा समाज सेवी खुशीराम चौधरीले बताए । समुदायमा अन्यौलता समेत रहेकोले त्यसको पुर्ण जानकारी आयोगले दिदै जानु पर्ने चौधरीले बताए । जनताको घर-घरमै गएर आयोगले दिइएको सुचना अनुसार लागत भर्ने विषयमा जानकारी गराउँने काम भइारहेको वडा नम्बर ७ का अध्यक्ष डिलाराम बेल्बासेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।