ताजा अपडेट »

लुम्बिनी अटोमोबाइल्सको प्रथम अधिवेशनका लागि तयारी पूरा

बुधबार, १४ माघ २०७७, २० : ०६
4 Shares

बुटवल । लुम्बिनी प्रदेशमा छरिएर रहेका अटो मोबाइस व्यवसायीहरुलाई एकतावद्ध गर्दै हकहित र व्यवसाय संरक्षणका लागि स्थापना भएको लुम्बिनी अटो मोबाइल्स एशोसिएसन अफ नेपालको प्रथम साधारण सभा तथा अधिवेशन शनिबार तिलोत्तमामा हुने भएको छ । प्रदेशभरिको प्रतिनिधित्वसहित अटोमोबाइल्स एशोसियनको अधिवेसनको तयारी पूरा भएको तदर्थ समितिका संयोजक गणेशप्रसाद भट्टराईले बताए ।

अटो मोबाइल्ससँग सम्बन्धित विभिन्न कम्पनी तथा व्यवसायीहरुको हकहित, व्यवसाय संरक्षण र प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित स्थापना गरिएको एशेसिएशनको भेलामा रुपन्देहीका करिव ४ दर्जन तथा अन्य जिल्लाका २० जना बढी व्यवसायीहरुको सहभागीता रहने बताइएको छ । संस्थाको दर्ताप्रक्रिया पूरा भएसंगै कोभिड-१९ को कारण विस्तारको काम रोकिएको एशोसिएसनले स्वस्थ्य मापदण्ड अपनाउँदै प्रथम अधिवेशन गर्न लागेको हो । मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा अधिवेशनको अघिल्लो दिन शुक्रबार व्यवसायीहरुलाई भिसिटिएस सम्बन्धि तालिम समेत सञ्चालन गरिने संयोजक भट्टराईले बताए ।

व्यवसायीहरुको समस्यालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिवद्धता सहित अटोमोबाइल्ससँग सम्बन्धित विभिन्न प्रकारका कर भिसिटिएस भन्सार सम्बन्धित समस्यालाई सम्बोधन हुने गरि तालिम सेमिनार तथा अटो प्रदर्शन गरिने एशोसिएशनले जनाएको छ । देशमा ढुवानी तथा सवारी साधनहरुको समुचित विकास र बिस्तारका लागि आवश्यक पर्ने सम्पूर्ण पार्ट-पुर्जा, उपकरण, अटोमोटिभ ईन्जिन र अटोमोबाईलमा प्रयोग हुने सबै प्रकारका वस्तुहरु ब्यट्रि, टायर, लुब्रिकेन्टस तथा अटोमोबाइल्स स्पेयर पार्टसको आयात एवम् उत्पादन सम्बन्धि व्यवसायिक विकास, दक्षता एवं राज्यप्रतिको दायित्वलाई आत्मसात गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने एशोसिएसनको उद्देश्य रहेको छ ।

सामानको बिक्री गर्दा बिल हुने तर एउटा सवारी खराब भए त्यस अवस्थामा प्रयोग हुने सामग्रीहरु बारे भिसिटिएसमा उल्लेख नहुँदा समस्या हुने महासचिव रोशन पाण्डेले बताए । व्यवसायीहरुलाई यो विषय मुख्य समस्या रहेको भन्दै उनले उनीहरुलाई तालिम दिएर अघि बढाउन खोजिएको उनले बताए । यसैगरि अण्डर बिलिङको समेत समस्यालाई विभिन्न व्यवसायीक संघ-संस्थाहरुबाट समन्वय गरि समाधान तर्फ अघि बढेको उनले बताए । दाङ, नेपालगंज, नवलपरासी, कपिलस्तु, पाल्पा लगाएत स्थानहरुमा समेत सदस्यता बढाउने काम अघि बढेको एशोसिएशनले जनाएको छ ।

लुम्बिनी प्रदेश अन्तरगत रुपन्देही यातायात कार्यालयको तथ्याक अनुसार हालसम्म नीजि र सरकारी मोटरसाइकलको संख्या ६ लाख ५९ हजार १ सय १, ठुला तथा मझौलाको संख्या १ लाख २ हजार १ सय ६८ रहेको छ । गतवर्षको तथ्याक अनुसार १ अर्ब १५ करोड, ८८ लाख ३१ हजार ३ सय ९६ रुपैया राजश्व संकलन भएको देखिन्छ । बढ्दो सवारी चापलाई मध्येनजर गरि वातावरणमा हुने प्रदुषण न्युनिकरणका लागि सरकारी तथा गैरसरकारी संघ-संस्थाहरुसँग सहकार्य र समन्वय गर्न जरुरी रहेको अध्यक्ष भट्टराईले बताए ।

तदर्थ समितिमा वरिष्ठ उपाध्यक्षमा सन्तोष पाण्डे, उपाध्यक्ष विजय कुमार गुप्ता, कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारी, सचिव रामु बेल्बासे, सदस्यहरु राधाकृष्ण देउला, प्रवेश भट्टराई, चिन्तामणी पाण्डे रहेका छन् । नेपाल अटो डिलर एशोसिएसन अफ नेपाल (नाडा) को संस्थागत सदस्य समेत रहेको छ । अटोमोबाईलमा हाल ५० जना सदस्यहरु आवद्ध छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।