ताजा अपडेट »

प्रचण्ड-नेपाल समूहको विहीबार बुटवलमा प्रर्दशन, प्रचण्ड-नेपाल पनि बुटवल आउने

बुधबार, १४ माघ २०७७, २० : ०१
6 Shares


बुटवल । नेकपाका अध्यक्ष्यद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल बिहीबार बुटवल आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय विरोध प्रर्दशनलाई सम्बोधन गर्न उनीहरु बुटवल आउने भएका हुन् ।

प्रचण्ड–नेपालले सम्बोधन गर्नु पूर्व ११ः४५ बजे बुटवलको गोलपार्क, जितगढी र राजमार्ग चौराहाबाट विरोध र्र्याली गरिने प्रदेश संघर्ष समितीका संयोजक ठाकुर गैरेले जानकारी दिए ।
गोेलपार्कबाट सुरु हुने र्यालीको नेतृत्व ठाकुर गैरे, बामदेब क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गर्ने छन् । यस्तै बुटवलको राजमार्ग चौराहाबाट सुरु हुने र्यालीको नेतृत्व धनश्याम भुषाल, धनश्याम यादब र नारायण जि.सि.ले तथा जितगढीको बलदेव खनाल, ओनसरी घर्ती र राजु गुरुङले गर्ने छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।