ताजा अपडेट »

तत्काल मौसमी सूचना दिने राडार स्थापना

शुक्रबार, ०४ माघ २०७५, ०२ : ०६
20 Shares


माघ ४,

काठमाडौं । तात्कालिक यथार्थ मौसमी सूचना बताउने ‘वेदर राडार केन्द्र’ सञ्चालनमा आएको छ । केन्द्रले बादलका विविध प्रकृति निगरानी गर्दै तत्कालिन तथ्यांक उपलब्ध गराउँदै भविष्यको नतिजा आंकलन गर्न सघाउछ ।

केन्द्रले बादल, बादलको प्रकार, बादलमा रहेको पानीको मात्रा, चट्याङ पार्न सक्ने बादलको प्रकृति, हिमपात, असिनाको पूर्वानुमान गर्दै वर्षा र अन्य मौसमी विवरण उपलब्ध गराउँछ ।

सुरक्षित हवाई माग पहिचान र आम जनमानससँग जोडिएका विविध सूचना सम्प्रेषणका लागि मुलुकमै पहिलो पटक सुर्खेतमा वेदर राडार स्थापना भएको हो ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१३ रातानाङ्ला डाँडामा स्थापना भएको केन्द्रले २ सय किलोमिटर वरिपरिको मौसमी तथ्यांक अद्यावधिक गर्छ ।
विश्व बैंकको करिव ३० करोड रुपियाँको आर्थिक सहयोगमा स्थापना भएको केन्द्रले केही सातायता परीक्षण शुरु गरेको छ । -नेपाल समाचारपत्र दैनिक



ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।