ताजा अपडेट »

सुन तस्करी प्रकरणः एसएसपी खत्रीलाई थुन्न अदालतको आदेश

शुक्रबार, ०४ माघ २०७५, ०१ : ५९
2 Shares

माघ ४,

काठमाण्डौं । उच्च अदालत विराटनगरले सुन तस्करीमा संलग्न रहेको आरोप लागेका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीलाई थुनामै राख्न आदेश दिएको छ ।
खत्रीमाथि ३८ क्वीन्टल सुन तस्करीमा संलग्नताको आरोप छ । उच्च अदालतमा मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजलासले विवादास्पद एसएसपी खत्री र नेपाल एयरलायन्सका कर्मचारी अमरमान डंगोललाई थुनामै राखेर अनुसन्धान गर्न बिहीबार आदेश दिएको हो ।

खत्री तत्कालिन अवस्थामा त्रिभुवन विमानस्थलमा सुरक्षा प्रमुखमा कार्यरत थिए । उनले ३३ केजी सुन तस्करी प्रकरणमा हाल थुनामै रहेका गोरे भनिने चुडामणि उप्रेतीसँग मिलेर सुन तस्करी गर्ने गरेको खुलासा भएपछि पक्राउ परेका थिए । यसअघि
जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले खत्री र डंगोललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । खत्रीविरुद्ध गत वैशाखमा जिल्ला अदालत मोरङमा ‘आपराधिक समूहमार्फत सुन तस्करी, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमुद्धा दायर गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।