काठमाडौं । प्रतिनिधिसभा विघटनका विरुद्ध बालुवाटार पुगेका नागरिक अभियन्ताहरुमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहरा बर्साएको छ।
अभियन्ताहरुले नाराबाजी समेत गरेको र निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पानीको फोहोराले हानिएको प्रहरीले जनाएको छ। केहि अभियन्ताहरु घाइते भएका छन्। सोमबार कमलपोखरी बचाउ अभियानका अभियन्तासहितको सहभागीले कमलपोखरीको माटोको टीका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरेको थियो।