३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

विराटनगर । मोरङको सुन्दरहरंैचा नगरपालिका-९ बस्ने मनोज अधिकारीले छिमेकीसँग जग्गाको विवादले उत्पन्न समस्याले आफू अन्यायमा परेको बताएका छन् । आफू अन्यायमा पर्दा पनि प्रहरी प्रशासनसँग सहयोग माग्न जाँदा उल्टै आफ्नै गल्ती देखाएर हप्काउने गरेको पीडितले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

जग्गाको विवादमा छिमेकी युवराज कार्की र उनका घरका अन्य सबै सदस्य मिली आफूलाई ज्यान मार्ने गरी कुटपिट गरेको आरोप पीडितले लगाएका छन् । शरीरमा विभिन्न अङ्गमा गहिरो चोट लागेका कारण स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरको नोबेल अस्पतालमा उपचार गराएको जानकारी दिँदै पीडित अधिकारीले न्यायका लागि प्रहरी प्रशासनलाई गुहार माग्दा उल्टै आफूलाई नै हप्काएको र उजूरी पनि लिन नमानेकाले अन्यायमा परेको जानकारी दिए ।

न्यायका लागि सञ्चारकर्मीले पनि आवाज उठाइदिन आग्रह गर्दै पीडित अधिकारीले मरणासन्न हुने गरी कूटपिट गर्ने अपराधीहरुले मैले लगाएको रु दुई लाख ८० हजार मूल्य बराबरको सिक्री, रु १५ हजार मूल्यको टाइटन घडी र रु ४५ हजार मूल्यको मोबाइल पनि घटनामा हराएकाले यो घटना सुनियोजित तरिकाले गरेको अनुमान पीडित अधिकारीको छ । घटनामा संलग्न आपराधी पक्राउ गरी आवश्यक कारवाहीको माग गर्दै अन्यायमा परेकाले न्याय दिनु प्रहरी प्रशासनले आफ्नो कर्तव्य भुल्न नहुने धारणा राखे ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि