१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

भैरहवा । भारत सरकारबाट प्राप्त भएको कोरोना बिरुद्धको खोप लुम्बिनी प्रदेश आई पुगेको छ । कोरोना विरुद्ध अग्रपंक्तिमा खटिएको सुरक्षाकर्र्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक लगायतलाई दिने गरि लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनालाई पुग्ने ‘कोभिसिल्ड’ खोप आई पुगेको हो ।

Advertisement


खोप प्राप्त हुने बित्तिकै यसलाई लुम्बिनी प्रदेशमा रहेका १२ वटै जिल्लामा पु¥याउने तयारी सुरु गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी प्रदेशले जानकारी दिएको छ । माघ १४ गतेबाट खोप दिन सुरु गरिने भएकोले भोलीसम्म नै सबै जिल्लामा यसलाई पु¥याईदै छ ।
अबेर राती बुटवल आई पुगेको खोपलाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमै स्टोरेज गरि राखिएको छ । यसलाई २ देखी ८ डिग्री सेन्टिग्रेडको तापमानमा राखी सम्बन्धित जिल्लामा पु¥याईदै छ ।

यस अघि नै विभिन्न खोपहरु जिल्लामा गई रहने भईकोले यसको आपूर्ति र ढुवानीमा कुनै समस्या नरहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डाक्टर दिनेश चापागाईले जानकारी दिए । कोरोना बिरुद्धको खोप एउटै व्यक्तिलाई २ डोज दिनु पर्ने चापागाईको भनाई छ । उनले पहिलो डोज लिएको ४ साता पछि अर्को पनि डोज लिनु पर्ने जानकारी दिए । चापागाईले ३९ हजार ४ सय ९५ लाई २ डोज पुग्ने गरि ८ हजार ७ सय ६८ भाईल खोप प्राप्त भएको बताए ।

प्राप्त भएको डोज मध्ये सबै भन्दा बढी रुपन्देही जिल्लामा १५ हजार ५३ जनालाई पुग्ने ३ हजार ३ सय ४२ भाईल खोप पठाईने तयारी भएको उनले बताए । यस्तै बांकेमा ७ हजार ७ सय जनालाई पुग्ने १ हजार ७ सय ९ भाईल, दाङ्गमा २ हजार ९ सय ७० जनालाई पुग्ने ६ सय ५९ भाईल, कपिलवस्तुमा २ हजार ४३ जनालाई पुग्ने ४ सय ५४ भाईल, पाल्पामा २ हजार ४ सय ६० जनालाई पुग्ने ५ सय ४६ भाईल खोप पु¥याउने तयारी प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र लुम्बिनीको रहेको छ ।

त्यसै गरि प्युठानमा १ हजार ६३ जनालाई पुग्ने गरि २ सय ३६ भाईल, बर्दियामा १ हजार ९ सय ६२ जनालाई पुग्ने गरि ४ सय ३६ भाईल, अर्घाखाँचीमा १ हजार ७ सय ३४ जनालाई पुग्ने गरि ३ सय ८५ भाईल, नवलपरासीमा १ हजार ७२ जनालाई पुग्ने गरि २ सय ३८ भाईल, रुकुम पूर्वमा ४ सय ६७ जनालाई पुग्ने गरि १ सय ४ भाईल, गुल्मीमा १ हजार ८ सय ८२ जनालाई पुग्ने गरि ४ सय १८ भाईल र रोल्पामा १ हजार ८९ जनालाई पुग्ने गरि २ सय ४२ भाईल कोभिसिल्ड खोप प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र लुम्बिनीले पु¥याउदै छ ।

लुम्बिनी प्रदेशमा कुन जिल्लामा कति जनालाई खोप लगाउने भन्ने बारे निक्यौल समेत भई सकेको छ । स्थानीय तहसँगको समन्वयमा सामाजिक विकास मन्त्रालयले नामावली समेत तयार गरि सकेको छ । लुम्बिनी प्रदेशमा आउने खोप अग्रपंक्तिमा रहेकाहरुलाई दिईने मन्त्रालयले जानकारी दिएको छ । लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले अग्रपंक्तिमा खटिएका फोहोरमैला ब्यवस्थापनमा खटिएका संकलक र चालकहरु, एम्बुलेन्स तथा शववाहनका चालक र सहचालक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव व्यवस्थापनमा प्रत्यक्ष खटिएका ब्यक्ति, महिला स्वास्थ्य स्वयम सेविका लगायतलाई पहिलो चरणमा खोप दिईने बताए ।

सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयमा पठाएर भण्डारण गरि जिल्ला अस्पतालबाट खोप लगाईने छ । यसका लागी खोप लगाउनमा सहभागी हुने स्वास्थ्यकर्मि, खोप दिई सकेपछि आउने समस्याको ब्यवस्थापन गर्ने चिकित्सक र अस्पताल प्रमुखलाई अभिमुखीकरण तालीम समेत प्रदान गर्ने मन्त्रालयको भनाई छ । भारत सरकारले १० लाख डोज कोरोना बिरुद्धको खोप कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

३ वर्षमा ५२ सुत्केरीको एयर लिफ्टिङमार्फत उद्धार, आगामी वर्ष ४५ लाख विनियोजन लुम्बिनी सरकारलाई अर्को चुनौती, अस्पताल विकास समितिलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश घुस रकमसहित अदालका कर्मचारी अख्तियारको फन्दामा लुम्बिनी प्रदेशमा २७८ मृगौला रोगी तथा १४७३ दमका विरामीलाई उपचारमा आर्थिक सहयाेग काँग्रेसमा संस्थापन इतरको बैठक आज पनि बस्ने यस्तो छ ३ दिनसम्ममको मौसमी आंकलन बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि लुम्बिनीको दाङमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते जुम्लामा जिल्ला स्तरीय कृषि मेला : चिनोदेखि भाँगोसम्म प्रदर्शनी अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते दाङमा सिकलसेलको स्क्रिनीङ परिक्षण गाई-गोरु बाँध्ने गोठमै नवजात शिशुसहित सुत्केरीको बास ५ वर्षीया बालिका बलात्कृत, १६ वर्षीय किशोर पक्राउ धान दिवसमा रोपाइँसँगै विविध सांस्कृतिक कार्यक्रम लुम्बिनीका ६ जिल्लामा सिकलसेल एनिमियाका बिरामी, परीक्षणमै समस्या इस्माले दुना–टपरी उद्योग सञ्चालन गर्ने शेखर कोइरालाको भेलामा को को सहभागी ? (फोटोफिचर) नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि रातभर सुत्दैनन् बुटवलकाे ज्योतिनगरबासी, टालटुले उपायले रोकिएला पहिरो ?