३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

लन्डन । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजारभन्दा बढी पुगेको बताइएको छ । आइतबार सार्वजनिक तथ्याङ्कअनुसार बेलायतमा कोरोना भाइरसका कारण ज्यान जाने नागरिकको संख्या ९७ हजार ९३९ पुगेको बताइएको हो ।

Advertisement

बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले आइतबार सो तथ्याङ्क सार्वजनिक गरेको समाचारमा जनाइएको छ ।उक्त विभागका अनुुसार पछिल्लो जानकारीमा बेलायतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्यामा भने अघिका केही दिनहरुका तुलनामा केही कमी आएको बताइएको छ । तीन दिनमात्र अघि बेलायतमा एकै दिन कोरोनाका कारण कम्तीमा पनि १ हजार ८०० जनाको ज्यान गएको बताइएको थियो ।

तर त्यसपछिका दिनमा घट्दै गएको यो मृत्युको संख्या अघिल्ला दिनहरुको तुलनामा निकै नै कमी आएको हो । बेलायतमा आइतबार थप ६१० जना कोरोना सङ्क्रमितको मृत्यु भएको सो विभागले जानकारी दिएको छ ।अघिल्लो दिनमात्र यहाँ ९ सयभन्दा बढीको ज्यान गएको थियो । तर यहाँका विभिन्न अस्पतालमा सङ्क्रमितको संख्या भने पहिलेका हप्ताको तुलनामा पछिल्ला हप्ताहरुमा निकै बढेको बताइएको छ ।

यसका साथै सो विभागले आइतबार दिएको जानकारीमा बेलायतमा कोरोना संक्रमितहरुको संख्यामा पनि केही दिनयता कमी आएको जनाएको छ ।आइतबार सम्ममा त्यसको २४ घन्टा अघिको तुलनामा यहाँका ३० हजार ४ जना नयां सङक्रमित थपिएका छन् । यो सँगै बेलायतमा संक्रमित संख्या संख्या ३६ लाख ४७ हजार ४६३ पुगेको छ ।

यहाँका अस्पतालहरुमा हाल झन्डै ३८ हजारको संख्यामा कोरोना संक्रमितको उपचार भइरहेको पनि यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले जानकारी दिए। स्वास्थ्यमन्त्री म्याटले बताएअनुसार हाल यहाँका अस्पतालहरुमा भर्ना हुनेको संख्या महामारीयताकै सबैभन्दा बढी रहेको छ । यहाँ पहिलाको पहिलो वेभको तुलनामा दोब्बरभन्दा पनि बढी कोरोना सङ्क्रमित अस्पताल भर्ना भएका छन् ।

साथै कोरोना सङ्क्रमणका कारण भेन्टिलेटर बेडमा रहेका बिरामीको संख्या पनि चार हजार नाघेको छ ।उता बेलायतमा खोप दिने क्रम पनि शुरु भएको छ । हालसम्म बेलायतमा ६० लाखभन्दा बढी नागरिकले खोप लगाइसकेका बताइएको छ ।यसरी एकातर्फ यहाँ खोप दिने क्रम जारी नै छ भने अर्कातर्फ बेलायतबाट निस्किएको नयाँ प्रजातिाको भाइरसको सङ्क्रमण पनि दिन प्रतिदिन बढ्दो मात्रामा रहेको पाइएको छ ।-सिन्ह्वा

प्रतिकृया दिनुहोस्

Flash News

ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य