६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

Advertisement

बलेवा। कोरोना महामारी नियन्त्रणका लागि भएको बन्दाबन्दीका कारण बागलुङमा खेलकूदका गतिविधिमा प्रभाव परेको छ । यहाँका स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने गरेका खेलकूदका गतिविधि हुन नसकेका हुन् ।

बागलुङ नगरपालिकाले आयोजना गर्ने ‘मेयर कप फुटबल’ प्रतियोगिताको तेस्रो संस्करण यस वर्ष हुनुपर्नेमा कोरोना महामारीका कारण नहुने भएको छ । नेपाल सरकारले खेलकूद प्रतियोगिता गर्न खुल्ला गरे पनि बागलुङ नगरपालिकाले कोरोनाको कारण नै प्रतियोगिता गर्न नसकिएको बताएको छ ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले प्रतियोगिता गर्न महामारी फैलिने त्रास कायमै रहेको बताए । उनले नगरपालिकाले शहीद दिवसको अवसर पारेर आयोजना गर्ने प्रतियोगिताको मिति नजिकिए पनि यस वर्ष गर्न नसकिएको बताए । ‘कोरोना महामारीको जोखिम अझै छ,’ पौडेलले भने,“हरेक वर्षको शहीद दिवसको दिन प्रतियोगिता आयोजना गर्ने तालीका रहेको थियो, त्यसैले यस वर्ष प्रतियोगिता गर्न गाह्रो भयो ।” नगर प्रमुख पौडेलले प्रतियोगिता नहुनेमा मुख्य कारण कोरोना रहेको र अन्य कुनै समस्या नभएको बताए ।

उनले नगरपालिकाले प्रतियोगितालाई गौरवको आयोजनाको रुपमा राखे पनि महामारीका बीच जोखिम उठाएर प्रतियोगिता गर्न नसकिएको बताए । नगरपालिकामा जनप्रतिनिधि आएपछि २०७४ सालमा गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरेर शुरु भएको थियो । नगरपालिकाले २०७५ सालमा आन्तरिक कारण देखाउँदै प्रतियोगिता नगरे पनि २०७६ सालमा खुल्ला नगरपालिकास्तरीय प्रतियोगिता आयोजना गरेको थियो ।

नगरपालिकाले पहिलो संस्करणमा जिल्ला खेलकूद विकास समितिसँगको समन्वयमा र दोस्रो संस्करण जिल्ला फुटबल सङ्घको समन्वयमा गरेको थियो । विसं २०७४ मा स्याङ्जाको वालिङ नगरपालिका र २०७६ सालमा आयोजक बागलुङ नगरपालिकाले उपाधि जितेका थिए ।

नगरपालिकाले गौरवको योजनामा राखेर मेयर कप फुटबल प्रतियोगिता गर्दै आएको थियो । नगरपालिकाले प्रतियोगिता गर्नको लागि चालू आर्थिक वर्ष २०७७÷७८ मा २० लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । जिल्लाको काठेखोला गाउँपालिकाले पनि ‘अध्यक्ष कप’ भलिबल प्रतियोगिताको दोस्रो संकरण सञ्चालन गर्न सकेन् । कोरोना महामारीकै कारण यस वर्ष अध्यक्ष कप गर्न नसकिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए । युवाको सहभागिता र खेलकूदको विकास गर्ने भन्दै गाउँपालिकाले गत वर्षदेखि कला, साहित्य र खेलकूदका गतिविधि एकैसाथ गर्दै आएको थियो । वडामा हरेक वर्ष घुम्ती खेलकूद प्रतियोगिता आयोजना गरेर आन्तरिक पर्यटन प्रबद्र्धनको लक्षसमेत काठेखोलासँग थियो ।

माघे सङ्क्रान्ति मेलाका अवसरमा आयोजना हुने जिल्लाको जैमिनी नगरपालिका ‘मेयर कप’ भलिबल प्रतियोगिता यो वर्ष हुन सकेन । राष्ट्रियस्तरमा आयोजना हुने प्रतियोगिता यस वर्ष कोरोना महामारीकै कारण हुन नसकेको जैमिनी नगरपालिकाको शिक्षा तथा खेलकूद शाखाले जनाएको छ ।

नगरपालिकाको सदरमुकाम कुश्मीसेरा बजारमा हरेक वर्ष लाग्ने माघे सङ्क्रान्ति मेला यस वर्ष नभएका कारण मेयर कप रोकिएको हो । जिल्ला सदरमुकाममा रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले हरेक वर्ष आयोजना गर्ने अन्तर विद्यालय फुटबल प्रतियोगितासमेत कोरोना महामारीका कारण अनिश्चित भएको छ । बागलुङमा अन्य आर्थिक तथा सामाजिक गतिविधि सञ्चालन भएका भए पनि खेलकूदका गतिविधिले भने अझै गति लिन सकेका छैनन् ।

प्रतिकृया दिनुहोस्

Flash News

स्थानीय वायुको प्रभाव, आज देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना तिलोत्तमामा मतान्तर बढाउँदै चापागाईं, उप मेयरमा चौधरी ३ हजार मतले अघि काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो