ताजा अपडेट »

मालिका गाउँपालिकामा २ वटा पक्की पुल बन्दै

सोमबार, १२ माघ २०७७, १२ : ४५
2 Shares

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा २ वटा पक्की पुल बन्ने भएका छन् । गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमानामा पर्ने सिलादी, घमिर, अर्खावाग, दलिङ्ग, भिमघिटि सडक जोड्ने पुलको शिलान्यास गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर–६ अर्जै स्थित अर्जैबेसी खोलामा सिन पक्की पुल शिलान्यास गरिएको छ । फुलबारी, अर्जै, बोम, नेटा, बाग्लुङ सडक खण्ड अन्तर्गत अर्जैबेसी खोलामा बन्न लागेका पक्की पुलको एक कार्यक्रमको बिच पुलको शिलान्यास गरिएको हो । पुलको लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले शिलान्यास गरेका छन् । पुल शिलान्यास गर्दै मन्त्री चौधरीले गुणस्तरीय काम गरि समयमै योजना सक्न निर्माण व्यवसायीलाई आग्रह गरे । उक्त सडक महत्त्वपूर्ण सडक खण्ड भएकाले त्यसमा बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।

मालिका गाउँपालिकाको वडा नम्बर-६ अर्जैमा बन्न लागेको पक्की पुलको २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि भ्याट बाहेक एक करोड ९० लाख १४ हजार दुइ सय ४७ रकममा पन्त निर्माण सेवासँग सम्झौता भएको छ । पुलको २० मिटर लम्बाइ र ९ मिटर चौडाइ रहेको छ । गाउँपालिकाको वडा नम्बर-३ र ४ को सिमानामा पुलको २ करोड ३७ लाख २८ हजार ८२९ रुपियाँ ७१ पैसा लागत रकम रहेको छ ।

पक्की पुल निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले बजेको व्यवस्था मिलाएको छ । समयमै पुल निर्माण सम्पन्न भए गुल्मी जिल्ला र बागलुङ जिल्लाका नागरिकहरु लाभान्वित हुने छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।