ताजा अपडेट »

भलिबल प्रतियोगिता माघ २२–२४ मा

सोमबार, १२ माघ २०७७, १२ : १६
8 Shares

बाँके। बाँकेको खजुरामा यही माघको २२–२४ सम्म योगिनी कप अन्तर क्लब पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । योगिनी युवा क्लब र रङ्गशाला नेपाल मिडिया प्रालीद्वारा संयुक्तरुपमा आयोजना हुने सो प्रतियोगितामा न्यू एभरेष्ट डिस्लरी प्रालीले सह–प्रायोजन गर्ने छ ।

क्लबका अध्यक्ष तरिन्द्र थापा र सोप्रालिका अध्यक्ष रविन्द्रमान श्रेष्ठबीच आइतबार नेपालगञ्जमा सह–प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर भयो । प्रतिभावान् खेलाडी उत्पादन गर्दै आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने ध्येयले प्रतियोगिता आयोजना गर्न लागेको मिडिया प्रालीका अध्यक्ष कमल खत्रीले जानकारी दिए।

खजुरा गाउँपालिका–२ गौघाटमा आयोजना हुने प्रतियोगितामा स्थानीय १२ क्लबले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले २१ हजार र उपविजेताले १० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी विधागतरुपमा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।

रासस
लेखकको बारेमा
रासस