ताजा अपडेट »

संवैधानिक निकाय लाचार बन्यो : वर्षमान पुन

सोमबार, १२ माघ २०७७, ११ : ४३
18 Shares

बुटवल । पूर्व उर्जामन्त्री तथा नेकपा (दाहाल-नेपाल समुह) का नेता वर्षमान पुनले कार्यकारीको अगाडी संवैधानिक निकाय लाचार भएको आरोप लगाएका छन् । संसद् विघटनसँगै राजनीतिक रुपमा प्रष्ट विभाजित भइसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कानूनी रुपमा फुट्न नमिल्ने निर्वाचन आयोगले निर्णयका विषयमा टिप्पणी गर्दै उनले सो कुरा बताएका हुन् ।

निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाउँदै उनले आयोगको क्षमताप्रति प्रश्न उठाएका छन् । ‘नेकपाको ४४१ जना केन्द्रिय सदस्यलाई मान्यता दिएको आयोगले, ७० प्रतिशत बढीको हस्ताक्षरमा भएको निर्णयलाई वैधानिकता दिनुपथ्र्यो ।’-पुनले भने । सोमबार रिपोटर्स क्लब लुम्बिनीले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले निर्वाचन आयोगको निर्णयप्रति पार्टीको आधिकारीक धारणा भने तयार भइनसकेको बताए ।

पार्टी भित्र छलफल गरी अयोगका निर्णयका बारेमा धारणा निर्माण गरी अगाडी बढ्ने उनले बताए । नेता पुनले संसद पुनःस्थापनको विकल्प नभएको प्रष्ट पार्दै त्यो नै वर्तमान राजनैतिक निकासको बाटो भएको दाबी गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।