४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

गण्डकी । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरू संवैधानिक अधिकारको उपयोग गर्दै आयआर्जनतर्फ जोडिनुपर्ने बताए छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकास्तरीय जनप्रतिनिधि महिला तथा सञ्जालका पदाधिकारीका बीच भएको अन्तक्र्रिया कार्यक्रममा उनले महिलाले नेतृत्व विकास गर्दै उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औँल्याए ।

Advertisement

महिलाको सहभागिता बिना ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान पूरा नहुने भन्दै उनले त्यसका लागि महिलाको सहभागिता अपरिहार्य रहने विश्वास व्यक्त गरे । संविधानले हरेक तहमा महिलाको ३३ प्रतिशत सुनिश्चितता गरेकाले महिला नेतृत्वमा उल्लेखनीय विकास भएको जानकारी गराउँदै आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृत्व लिन तयार भएको उनको भनाइ छ ।

गण्डकी प्रदेशसभाका सदस्य डा पुष्पा केसी भण्डारीले तालीमबाट प्राप्त ज्ञानले धारणा बनाउँदै दुई हातले सीप प्रस्तुत गर्नसके मात्र महिला सशक्तीकरणमा जोड पुग्ने विश्वास व्यक्त गरे। समाजका विपन्न तथा असहायको पहिचानमा स्थानीय तहका जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले त्यस्ता वर्गको उत्थानका लागि आर्थिक उपार्जनमा जोड पुग्ने खालका कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याए। गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले महिला हक अधिकारको सुनिश्चितताका लागि जनप्रतिनिधि महिला र सञ्जालबीचको समन्वय आवश्यक रहने बताए ।

उपाध्यक्षसँग महिला बालबालिका कार्यक्रमका संयोजक तथा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी र मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले राज्यले व्यवस्था गरेको महिला तथा बालबालिका लक्षित बजेट कार्यान्वयमा जनप्रतिनिधि एवं सञ्जालका पदाधिकारी सचेत हुनुपर्ने आवश्यकता औँल्याए ।

कार्यपालिका सदस्य हीरादेवी सुनार, महिला तथा बालबालिका कार्यक्रम संयोजक गीता थापा तथा विभिन्न वडाका वडाध्यक्षले कार्यक्रमको महत्व र आवश्यकतामाथि प्रकाश पारे सो कार्यक्रममा गाउँपालिका महिला जनप्रतिनिधि, सञ्चालनका पदाधिकारी, सम्बन्धित शाखाका कर्मचारीसहित ५० जनाको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

तुलसीपुर उपमहानगरः एमाले २४ मतले अगाडी ढिलै भए पनि एमालेले विवेकले काम गर्योः नारायणकाजी श्रेष्ठ बुटवलमा बाबुराम भन्दा खेलराज ५ हजार १३ मतले अगाडि सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर