७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

काठमाण्डौं । व्यापार सहजीकरणका लागि भन्सार र सीमा नाकाका पूर्वाधारमा ध्यान दिनुपर्ने सुझाव उद्यमी व्यवसायीले दिएका छन् । हाल रेलमा आधारित सुख्खा बन्दरगाह वीरगञ्जको मात्रै भएकाले विराटनगर, भैरहवालगायत भन्सारमा पनि त्यस्तै सुविधा विस्तारमा ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ ।

Advertisement

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आज आयोजित अन्तरक्रियामा सहभागी उद्यमी व्यवसायीले विराटनगर र भैरहवा नाका अत्याधिक मात्रामा सञ्चालनमा आएकाले पूर्वाधारमा जोड दिनुपर्ने धारणा राखेका थिए । नेपाल भारत सीमामा बन्दै गरेका एकीकृत जाँच चौकीको निर्माण तत्काल पूरा गर्नुपर्नेमा जोड दिँदै कार्यक्रममा सहभागी उद्यमी व्यवसायीले व्यापार सहजीकरणका साथै लागत घटाउनेतर्फ जोड दिए । उनीहरुले भौतिक पूर्वाधारमा मात्र नभई अन्य सुविधा र प्रविधिको प्रयोग बढाउनु आवश्यक रहेको स्पष्ट पारे ।

राजश्व सचिव, भन्सार विभागका महानिर्देशक र अर्थमन्त्रालयअन्तगत विभिन्न निकायका पदाधिकारी सहभागी कार्यक्रममा उद्यमी व्यवसायीले नेपाल भारत सीमामा बन्दै गरेका एकीकृत जाँच चौकीको निर्माण तत्काल पूरा गर्नुपर्ने बताए । नेपाल भारतबीचको खुला सीमाका कारण हुने अनधिकृत व्यापारलाई रोक्नेतर्फ ध्यान जानुपर्नेमा जोड दिँदै भन्सार प्रशासनले यसको नेतृत्व लिन सुझाव दिएका थिए । भन्सारमा हुने सम्पूर्ण भुक्तानी विद्युतीय माध्यमबाट हुनुपर्नेमा पनि उनीहरुको जोड थियो ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोभिडको विश्वव्यापी महामारिका कारण यस वर्षको अन्तर्राष्ट्रिय भन्सार दिवसको नारा पनि दिगो आपूर्ति श्रृंखलाको लागि भन्सारको पुनरुत्थान, नवीकरण र दृढता रहेकामा प्रसन्नता व्यक्त गगरे । अध्यक्ष गोल्छाले भने, ‘भन्सारमा मुख्य विषय भन्सार मूल्याङ्कन र वर्गीकरणको हो । हाम्रो भनाइ भन्सार मूल्याङ्कन र वर्गीकरण दुवै यथार्तपरक हुनुपर्छ । यसमा सरकारको राजश्व पनि नगुमोस र पैठारीकर्तालाई पनि भन्सार मूल्याङ्कन बढी भयो र वर्गीकरण फरक भयो भन्ने गुनासो आउने ठाउँ राख्नु भएन ।’

भन्सारबाट छुटेको सामान राजश्व अनुसन्धान विभागले बाटोमा रोक्ने गरेका घटना छन भन्दै अध्यक्ष गोल्छाले एउटा विभागले अर्कोलाई विश्वास नगर्ने वातावरण नहोस् भन्ने निजी क्षेत्रको चाहना रहेको उल्लेख गरे । भन्सारसम्बन्धी शीघ्र विवाद समाधान गर्न एक विवाद समाधान संयन्त्र बनाउनुपर्ने सुझाव पनि उनको थियो । भन्सारलगायत राजश्व नीति निर्माणमा सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले प्रशासनको नियमित सुधारका लागि विभाग क्रियाशिल रहेको र कार्यस्थलमा देखिएका समस्या समाधानमा आफूहरु सधैँ तयार रहेको बताए । उनले विभागमा निकै धेरै सुधार भएको र यो नियमित रहेको पनि स्पष्ट पारे ।

अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीले हरेक सुधारका अभियानमा सरकारलाई निजी क्षेत्रबाट बलियो सहयोग प्राप्त भएको भन्दै कर राजश्व सुधारमा पनि निजी क्षेत्रको सहयोग आवश्यक भएको बताए । ‘निजी क्षेत्रलाई उद्योग व्यवसाय गर्दा कहाँ समस्या छन् तपाईंहरु स्पष्ट रुपमा भन्नुहोस् सरकार सहयोग गर्न तयार छ’-सचिव पुडासैनीले भने ।

प्रतिकृया दिनुहोस्

Flash News

भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले निर्वाचनमा फूलमाला बिक्री बढ्यो