४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

महोत्तरी । सघन चर्चा पाएको रम्तेलडाँडा वन फँडानी प्रकरणमा २२ जनाविरुद्ध मुद्दा पेश भएको छ । डिभिजन वन कार्यालयले सामुदायिक वनक्षेत्रको करिब चार बिघा क्षेत्रफलको वन फँडानी गरेविरुद्ध २२ जनामाथि जिल्ला अदालतमा मुद्दा पेश गरेको हो ।

Advertisement

यस मुद्दामा जिल्लास्थित वन कार्यालयकै सात कर्मचारी र अन्य संलग्न १५ समेत २२ जनामाथि मुद्दा पेश गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । मुद्दामा वनक्षेत्रलाई आफ्नो दर्ता जग्गा भएको दाबी गर्ने दुई, रुख कटान सम्मतिका लागि सिफारिस गर्ने डिभिजन वन कार्यालयका सात कर्मचारी, बर्दिबासस्थित मालपोत र नापी कार्यालयका एक÷एक कर्मचारी, रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, रुख कटानमा संलग्न ठेकदार र सर्जमीन मुचुल्कामा हस्ताक्षर गर्नेसहितलाई प्रतिवादी बनाइएको छ ।

अदालतमा पेश भएको मुद्दाको फाइल आज प्रक्रियामा अघि बढ्ने डिभिजन वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिएका हुन् । वन फँडानी प्रकरणमा वन कार्यालयका एक सहायक वन अधिकृत, एकजना फरेष्टर र पाँच वनरक्षकसहित वनका सात कर्मचारीलाई प्रतिवादी बनाइएको छ । पेश भएको मुद्दामा वनको जग्गा कृष्णप्रसाद गौतम र लीलामणि आचार्यको हो भन्दै सर्जमीन मुचुल्कामा कामको तामेली गर्ने सव डिभिजन वन कार्यालय बर्दिबासका फरेष्टर सन्तोषकुमार साह, वन रक्षक राजकिशोर झा, अजयकुमार यादव, राकेश यादव, नारायण ढुङ्गेल र दिलीप महतोमाथि मुद्दा चलाउन फाइल पेश भएको जनाइएको छ ।

त्यसैगरी जग्गाधनी भएको दाबी गर्ने गौतम र आचार्य, मालपोत कार्यालय बर्दिबासका निमित्त प्रमुख ओमप्रकाश खड्का, नापी कार्यालय बर्दिबासका अमिन रामदरश राउत, बर्दिबास नगरपालिका–१ नम्बर वडाका वडा सदस्य शान्ता श्रेष्ठ, रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर राउतमाथि मुद्दा चलाउन अदालतमा फाइल बुझाइएको डिभिजन कार्यालयले जनाएको छ । यी सबैले वनको जग्गा व्यक्तिको रहेको किटानी सर्जमीन गरेका जनाइएको छ ।

बर्दिबास–१ का गौतम र आचार्यले सामुदायिक वनक्षेत्रको जग्गालाई आफ्नो दर्ता रहेको र त्यहाँका रुख आफैले रोपी हुर्काएको दाबी गर्दै कटान स्वीकृतिका लागि गत असोजमै डिभिजन वन कार्यालयमा निवेदन दिएका थिए । कार्यालयले निवेदनबारे यथार्थ बुझ्न खटाएका सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादवसहित मुद्दामा प्रतिवादी बनाइएकाले कटान गर्न दिने व्यहोराको किटानी सिफारिस दिएपछि कार्यालयको आदेशमा पुसमा रातारात रुख कटानगरिएको थियो । स्थानीय वरपरका बासिन्दाले थाहा पाएर हल्ला गरेपछि कटान रोकिएसँगै घटना सार्वजनिक भएपछि सो प्रकरण चर्चामा आएको हो ।

बर्दिबासमा यो घटना सार्वजनिक भएलगत्तैदेखि दिनहुँजसो फँडानीमा संलग्न सबैमाथि कडा कारवाहीको माग गर्दै विरोध प्रदर्शन हुँदै आएको छ । गौतम र आचार्यले आफ्नो लालपूर्जा देखाएका साविक २५ नम्बर बहादुरगञ्ज–३ ‘क’ ९हाल बर्दिबास–१० कित्ता नम्वर–३ को ०१–०२–११ ९एक बिघा दुई कठ्ठा ११ धुर० क्षेत्रफलको भनिएको जग्गा अहिले पछि विज्ञ लगाएर नापजाँच गर्दा फँडानी भएको क्षेत्र कतैबाट पनि दाबीकर्ताको नपरेको नछोएको डिभिजन प्रमुख साहले बताए।

जिल्लामा वर्षेनि वन फँडानी र अतिक्रमणका घटना बढ्दै गएका छन् । गत वर्ष मात्र बर्दिबास–१ र ३ मा पर्ने नेवारडाँडा कामीडाँडा सामुदायिक वनक्षेत्रको करिब पाँच हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको डिभिजन वन कार्यालयले सीमाङ्कन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर रुपन्देहीका ६ वटै नगर उपप्रमुखमा एमाले उम्मेदवार अगाडि रुपन्देहीमा यु-१४ क्रिकेट लिग सुरु : उद्घाटनमा भैरहवा र सैनामैना विजयी बुटवल–६ मा नेपाली कांग्रेसको प्यानल विजयी