३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

फाइल तस्विर

खोटाङ । भिरबाट लडेर साकेला गाउँपालिका-२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भिरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement

करीब ३०० मिटर तल खसेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताए । धामीझाँक्रीको कामसमेत गर्दै आएका सदस्य फुुयाँल शनिबार साँझ धामी कामकै लागि मबु जानेक्रममा भिरबाट लडेको वडाध्यक्ष राईले जानकारी दिए ।

फुयाँल विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यमा विजयी भएका थिए । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।

गाउँपालिका उपाध्यक्षलाई पितृशोक ऐँसेलुखर्क गाउँपालिकाका उपाध्यक्ष पुष्पकला भुजेललाई पितृशोक परेको छ । उपाध्यक्ष भुजेलका ८८ वर्षीय बुबा भक्तबहादुर भुजेलको शनिबार निधन भएको हो । वडा नं ३ ऐँसेलुखर्क दिम्मापातेलका भक्तबहादुरको काठमाडौँबाट घर लैजाने क्रममा बाटामा मृत्यु भएको जनाइएको छ । शव अन्तिम संस्कारका लागि घर लगिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

काँग्रेसको अबरोधले तिलोत्तमामा मत गणना रोकियो, धाधली भएको आरोप लगाउँदै नाराबाजी भरतपुरमा रेनु विजय सुवेदी भन्दा ५९ मतले अघि गाउँपालिकाका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा