ताजा अपडेट »

मुख्यमन्त्री राई र मोडल जाङ्मु वैवाहिक जीवनमा बाँधिए

आइतबार, ११ माघ २०७७, १५ : २१
4 Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडल जाङमु शेर्पा वैवाहिक जिवनमा बाँधिएका छन् । आइतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा भएको विवाह समारोहबीच ४९ वर्षिय राई र २३ वर्षीया शेर्पा वैवाहिक जिवनमा बाँधिएका हुन् ।

मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरी सकेकी छन् । विवाह समारोहमा सिमित व्यक्तिहरुको मात्र उपस्थिति थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।