ताजा अपडेट »

रुपन्देहीमा बलात्कारको आरोपमा प्रहरीसहित २ जना पक्राउ

आइतबार, ११ माघ २०७७, १५ : १५
4 Shares

बुटवल । रुपन्देहीमा सामुहिक बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिकामा सामुहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित दुई जना पक्राउ परेका हुन् । घट्नाका बारेमा चारजना विरुद्ध जाहेरी परेको थियो ।

पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रविण पोखरेलले बताए ।

गत कात्तिक २३ गते कञ्चन गाउँपालिका ४ भैसाहीमा दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामुहिक बलात्कार भएको थियो । अर्को एक जनाको नग्न फोटो खिचेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।