४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

राजविराज । नेपाल प्रेस युनियन सप्तरीको कार्यालय स्थापना भएको छ । सदरमुकाम राजविराजमा स्थापना भएको कार्यालयको शनिबार एक कार्यक्रमका बीच युनियनका महासचिव अजयबाबु शिवाकोटीले उद्घाटन गरे ।

सो अवसरमा शिवाकोटीले युनियनको आफ्नै कार्यालय स्थापना हुनु खुशीको कुरा भएको बताए । उनले यसले सप्तरी जिल्लाका साथीहरुलाई युनियनको गतिविधि सञ्चालन गर्न थप मद्दत पुग्ने बताउँदै सङ्गठनलाई थप सशक्त बनाउन सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । सोही कार्यक्रममा नेपाली कांग्रेस जिल्लाका सचिव रामकुमार यादवले लोकतन्त्र र सङ्घीयताको रक्षा गर्न पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए । उनले कांग्रेसले नै लोकतन्त्र र सङ्घीयताको रक्षा गर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ एवं प्रेस युनियनका केन्द्रीय सदस्य माधव चौलागाईँ, नेपाल प्रेस युनियन सप्तरीका संस्थापक संयोजक गणेशलाल देव, संस्थापक कोषाध्यक्ष एवं नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्वअध्यक्ष धीरेन्द्रप्रसाद साह, युनियनका केन्द्रीय पार्षद् एवं नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्वअध्यक्ष मुरलीप्रसाद यादव, युनियनका पूर्व जिल्ला अध्यक्ष ओमप्रकाश साहसहितले मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर रुपन्देहीका ६ वटै नगर उपप्रमुखमा एमाले उम्मेदवार अगाडि रुपन्देहीमा यु-१४ क्रिकेट लिग सुरु : उद्घाटनमा भैरहवा र सैनामैना विजयी बुटवल–६ मा नेपाली कांग्रेसको प्यानल विजयी