ताजा अपडेट »

सञ्चार उद्यमी पोखरेललाई मानार्थ विद्यावारिधि

आइतबार, ११ माघ २०७७, १३ : ०८
4 Shares

काठमाण्डौं । संयुक्त राज्य अमेरिकाको ग्लोबल पिस युनिभर्सिटीले सञ्चारउद्यमी शम्भु पोखरेललाई अन्तरराष्ट्रिय अर्थशास्त्रमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ ।

विकासोन्मुख देशको अन्तरदेशीय व्यापार घाटा कम गर्न भूमिका निर्वाह गरेवापत उनलाई सो उपाधि प्रदान गरिएको हो । वल्र्ड ट्रेड गु्रप नेपालका अध्यक्ष पोखरेललाई शनिबार भारतको चण्डिगढमा सो विद्यावारिधि उपाधि प्रदान गरिएको हो । पोखरेल सिइओ क्लब ग्लोबलका एशिया क्षेत्र हेर्ने सिइओका साथै बिजनेस टेलिभिजनलगायत संस्थाको व्यवस्थापनमा संलग्न थिए ।

रासस
लेखकको बारेमा
रासस