ताजा अपडेट »

वडा विभाजनको विषय पेचिलो बन्दै

आइतबार, ११ माघ २०७७, ११ : ४८
4 Shares

भजनी । कैलालीको टीकापुर नगरपालिकाले गरेको वडा विभाजनको प्रस्ताव पेचिलो बन्दै गएको छ । नगरपालिकाको सर्वदलीय–सर्वपक्षीय छलफलमा १० वडासम्म थप्न सकिने भन्दै हस्ताक्षर गरेका राजनीतिक दलका प्रतिनिधि बाहिर आएसँगै उनीहरुका मत पनि बाझिन थालेका छन् भने वडा विभाजनको विवादले नगरपालिकाको आठौँ अधिवेशन अनिश्चित बनेको छ ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले भावनामा डुबेर १० वटा वडा थप्ने माग गरिएको बताए । ‘‘वडा नम्बर–१ लाई बढीमा छ वटा वडासम्म बनाउन सकिन्छ । त्यसमा सीमांकनका कुरालाई गम्भीरताका साथ लिन जरुरी छ,’’ अधिकारीले भने, ‘‘साधन–स्रोतको आधारमा वडा विभाजन हुनुपर्दछ । आफूलाई सजिलो हुने गरीभन्दा भूगोल र जनसंख्याका आधारमा वडा विभाजन गरिनुपर्दछ ।’’

त्यस्तै, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष दयाराम सञ्ज्यालले नगरपालिकामा १० वडा थप गरी १९ वडासम्म बनाउन सकिने बताए । ‘‘जनसंख्याको आधारमा वडा विभाजन गरिनुपर्दछ । वडा नम्बर–१ मात्र नभई सबै वडालाई समानान्तररूपमा मिलाई वडा विभाजन गर्दा राम्रो होला,’’ सञ्ज्यालले भने, ‘‘पटक–पटक वडा विभाजन गर्न पनि सकिँदैन । भोलि उपमहानगरपालिकाको परिकल्पनामा वडा विभाजन गरिनुपर्दछ ।’’

जनता समाजवादी पार्टीका नेता हरि तिमिल्सिनाले भूगोल र जनसंख्याको हिसाबले मिल्ने गरी वडा विभाजन गरिनुपर्ने बताए । उनले भविष्यलाई समेत हेरेर वडा विभाजन गरिनुपर्ने भन्दै जनसंख्याको अनुपातका आधारमा वडा विभाजन गरे राम्रो हुने बताए ।

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले अहिलेको अवस्थामा १० वडा थप गर्ने कुरा टीकापुरको नगरपालिकाका लागि उचित नभएको बताए । ‘‘चारदेखि छ सम्म बनाउँदा राम्रो हुन्छ । कसैले राजनीतिक रूपमा वडा विभाजन गर्दा त्यसको साधन्–स्रोतको विषयमा पनि सोच्न आवश्यक छ,’’ भण्डारीले भने, ‘‘मनपरि गर्नुछ भने जे गरे पनि हुन्छ, भोलि आसेपासेलाई पाल्न र जागिरे बनाउनका लागि हो भने मेरो भन्नु केही छैन ।’’

वडा विभाजनकै विषयमा विवाद हुँदा नगरपालिकाको आठौँ नगरसभा स्थगन भएको डेढ सातासम्म पनि पुनः सञ्चालन हुन सकेको छैन । पुस २६ गते सुरु भएको नगरसभा वडा विभाजनको प्रस्तावमा सहमति जुट्न नसकेपछि दोस्रो दिन नै स्थगन भएको थियो । टीकापुर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम आचार्यको संयोजकत्वमा गठित वडा विभाजन कार्यदलमै सहमति जुट्न नसकेको प्रस्ताव कार्यपालिका बैठक हुँदै नगरसभामा पेस गरिएको थियो । कार्यदलका सदस्य रहेका कार्यपालिका सदस्य रमेश विकले कार्यदलको बैठकमै प्रस्तावमा असहमति जनाएका थिए ।

वडा विभाजनसम्बन्धी बनेको कार्यविधिले कुनै एक बस्तीलाई टुक्र्याउन नहुने व्यवस्था गरेको भए पनि कार्यदलले ब्लक नम्बर–१४ लाई विभाजन गर्न खोजेपछि विवाद सुरु भएको हो । ‘‘टीकापुरको सबैभन्दा पुरानो बस्तीलाई टुक्र्याउने कुरा चित्त बुझेन,’’ कार्यपालिका सदस्य विकले भने, ‘‘वर्षौँदेखि मिलेर बसेको बस्तीलाई टुक्र्याउन नहुने कुरा कार्यविधिमा स्पष्ट छ ।’’ प्रस्तावउपर गम्भीर छलफल नभएको विपक्षमा उभिएका वडाध्यक्षको भनाइ छ ।

कार्यदलमा वडा नम्बर–२ का वडाध्यक्ष प्रकाश बुढाथोकी, कार्यपालिका सदस्य सीता चौधरी, रमेश विक, डम्मर राजी, नापी कार्यालयका एक कर्मचारी र सदस्यसचिवमा योजना शाखाका प्रमुख नवराज जोशी सदस्य रहेका छन् । कार्यदलले नगरसभामा वडा नम्बर–१ लाई चार र वडा नम्बर–२ लाई दुई वडामा विभाजन गर्ने प्रस्ताव पेस गरेको थियो । हाल नगरपालिकामा नौ वडा छन् । वडा नम्बर–१ जनसंख्याका हिसाबले नेपालकै सबैभन्दा ठूलो वडा मानिन्छ । यहाँ करिब ४८ हजारभन्दा बढी जनसंख्या रहेको नगरपालिकाको प्रोफाइलमा उल्लेख छ । तराईका हकमा नगरपालिकाको एक वडा हुन कम्तीमा छ हजार ४०० जनसंख्या हुनुपर्ने प्रावधान छ ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडा विभाजनको प्रस्ताव नगरसभाबाट दुईतिहाइले पारित गर्नुपर्ने उल्लेख छ । छजना वडाध्यक्ष र अन्य केही कार्यपालिका सदस्य नै प्रस्तावको विपक्षमा उभिएपछि प्रस्तावले सामान्य बहुमतसमेत नपाउने अवस्था देखिएको छ । ‘‘हामीले सहमतिको प्रयास गर्दै आएका छौँ,’’ नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘‘वडा विभाजनको कुरामा पुनःविचार गर्ने राय आएको छ । सोहीअनुसार कार्यदल र सरोकारवालासँग छलफल भइरहेको छ । त्यहीअनुसार अगाडि बढ्छौँ ।’’ राससभजनी । कैलालीको टीकापुर नगरपालिकाले गरेको वडा विभाजनको प्रस्ताव पेचिलो बन्दै गएको छ ।

नगरपालिकाको सर्वदलीय–सर्वपक्षीय छलफलमा १० वडासम्म थप्न सकिने भन्दै हस्ताक्षर गरेका राजनीतिक दलका प्रतिनिधि बाहिर आएसँगै उनीहरुका मत पनि बाझिन थालेका छन् भने वडा विभाजनको विवादले नगरपालिकाको आठौँ अधिवेशन अनिश्चित बनेको छ ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले भावनामा डुबेर १० वटा वडा थप्ने माग गरिएको बताए । ‘‘वडा नम्बर–१ लाई बढीमा छ वटा वडासम्म बनाउन सकिन्छ । त्यसमा सीमांकनका कुरालाई गम्भीरताका साथ लिन जरुरी छ,’’ अधिकारीले भने, ‘‘साधन–स्रोतको आधारमा वडा विभाजन हुनुपर्दछ । आफूलाई सजिलो हुने गरीभन्दा भूगोल र जनसंख्याका आधारमा वडा विभाजन गरिनुपर्दछ ।’’

त्यस्तै, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष दयाराम सञ्ज्यालले नगरपालिकामा १० वडा थप गरी १९ वडासम्म बनाउन सकिने बताए । ‘‘जनसंख्याको आधारमा वडा विभाजन गरिनुपर्दछ । वडा नम्बर–१ मात्र नभई सबै वडालाई समानान्तररूपमा मिलाई वडा विभाजन गर्दा राम्रो होला,’’ सञ्ज्यालले भने, ‘‘पटक–पटक वडा विभाजन गर्न पनि सकिँदैन । भोलि उपमहानगरपालिकाको परिकल्पनामा वडा विभाजन गरिनुपर्दछ ।’’

जनता समाजवादी पार्टीका नेता हरि तिमिल्सिनाले भूगोल र जनसंख्याको हिसाबले मिल्ने गरी वडा विभाजन गरिनुपर्ने बताए । उनले भविष्यलाई समेत हेरेर वडा विभाजन गरिनुपर्ने भन्दै जनसंख्याको अनुपातका आधारमा वडा विभाजन गरे राम्रो हुने बताए ।

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले अहिलेको अवस्थामा १० वडा थप गर्ने कुरा टीकापुरको नगरपालिकाका लागि उचित नभएको बताए । ‘‘चारदेखि छ सम्म बनाउँदा राम्रो हुन्छ । कसैले राजनीतिक रूपमा वडा विभाजन गर्दा त्यसको साधन्–स्रोतको विषयमा पनि सोच्न आवश्यक छ,’’ भण्डारीले भने, ‘‘मनपरि गर्नुछ भने जे गरे पनि हुन्छ, भोलि आसेपासेलाई पाल्न र जागिरे बनाउनका लागि हो भने मेरो भन्नु केही छैन ।’’

वडा विभाजनकै विषयमा विवाद हुँदा नगरपालिकाको आठौँ नगरसभा स्थगन भएको डेढ सातासम्म पनि पुनः सञ्चालन हुन सकेको छैन । पुस २६ गते सुरु भएको नगरसभा वडा विभाजनको प्रस्तावमा सहमति जुट्न नसकेपछि दोस्रो दिन नै स्थगन भएको थियो । टीकापुर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम आचार्यको संयोजकत्वमा गठित वडा विभाजन कार्यदलमै सहमति जुट्न नसकेको प्रस्ताव कार्यपालिका बैठक हुँदै नगरसभामा पेस गरिएको थियो । कार्यदलका सदस्य रहेका कार्यपालिका सदस्य रमेश विकले कार्यदलको बैठकमै प्रस्तावमा असहमति जनाएका थिए ।

वडा विभाजनसम्बन्धी बनेको कार्यविधिले कुनै एक बस्तीलाई टुक्र्याउन नहुने व्यवस्था गरेको भए पनि कार्यदलले ब्लक नम्बर–१४ लाई विभाजन गर्न खोजेपछि विवाद सुरु भएको हो । ‘‘टीकापुरको सबैभन्दा पुरानो बस्तीलाई टुक्र्याउने कुरा चित्त बुझेन,’’ कार्यपालिका सदस्य विकले भने, ‘‘वर्षौँदेखि मिलेर बसेको बस्तीलाई टुक्र्याउन नहुने कुरा कार्यविधिमा स्पष्ट छ ।’’ प्रस्तावउपर गम्भीर छलफल नभएको विपक्षमा उभिएका वडाध्यक्षको भनाइ छ ।

कार्यदलमा वडा नम्बर–२ का वडाध्यक्ष प्रकाश बुढाथोकी, कार्यपालिका सदस्य सीता चौधरी, रमेश विक, डम्मर राजी, नापी कार्यालयका एक कर्मचारी र सदस्यसचिवमा योजना शाखाका प्रमुख नवराज जोशी सदस्य रहेका छन् । कार्यदलले नगरसभामा वडा नम्बर–१ लाई चार र वडा नम्बर–२ लाई दुई वडामा विभाजन गर्ने प्रस्ताव पेस गरेको थियो । हाल नगरपालिकामा नौ वडा छन् । वडा नम्बर–१ जनसंख्याका हिसाबले नेपालकै सबैभन्दा ठूलो वडा मानिन्छ । यहाँ करिब ४८ हजारभन्दा बढी जनसंख्या रहेको नगरपालिकाको प्रोफाइलमा उल्लेख छ । तराईका हकमा नगरपालिकाको एक वडा हुन कम्तीमा छ हजार ४०० जनसंख्या हुनुपर्ने प्रावधान छ ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडा विभाजनको प्रस्ताव नगरसभाबाट दुईतिहाइले पारित गर्नुपर्ने उल्लेख छ । छजना वडाध्यक्ष र अन्य केही कार्यपालिका सदस्य नै प्रस्तावको विपक्षमा उभिएपछि प्रस्तावले सामान्य बहुमतसमेत नपाउने अवस्था देखिएको छ । ‘‘हामीले सहमतिको प्रयास गर्दै आएका छौँ,’’ नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘‘वडा विभाजनको कुरामा पुनःविचार गर्ने राय आएको छ । सोहीअनुसार कार्यदल र सरोकारवालासँग छलफल भइरहेको छ । त्यहीअनुसार अगाडि बढ्छौँ ।’’

रासस
लेखकको बारेमा
रासस