ताजा अपडेट »

टण्डनको अध्यक्षतामा व्याडमिन्टनमा नयाँ नेतृत्व

शनिबार, १० माघ २०७७, २२ : ०१
8 Shares

बुटवल । बुटवल ब्याडमिन्टन क्लबको ५ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले गोपाल टण्डनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । क्लबको शनिबार बटवलमा भएको साधारण सभाले प्रथम उपाध्यक्षमा पंकज ज्ञवाली, द्वितीय उपाध्यक्षमा नलराज नेपाल, तृतीय उपाध्यक्षमा तुल्सीराम भटृराई (शम्भु ), सचिवमा भरत राना, कोषाध्यक्षमा भानु खत्री, सहसचिवमा राजु खरेल र सह कोषाध्यक्षमा घनश्याम पौडेल (रामु) लाई चयन गरेको निर्वाचन समितिका संयोजक अर्जुन कार्कीले जानकारी गराए ।

त्यसैगरि क्लबको कार्यकारी सदस्यमा दिलिप गौचन, नारायण तिवारी, दीपक भट्टराई, शेरबहादुर भण्डारी, बालधर गोदार, त्रिविक्रम हेजू र वालकृष्ण पाण्डे चयन भएका छन् । साधारण सभाको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै खेलकुदको क्षेत्रमा नगरपालिकाले दिल खोलेर बजेट विनियोजन गर्ने बताए । क्लबका अध्यक्ष रमेशबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल-११ का अध्यक्ष राम चन्द्र क्षेत्री, क्लबका पूर्व अध्यक्ष श्याम बहादुर पुन, निर्वतमान अध्यक्ष ईन्द्रलाल श्रेष्ठ, क्लबका जीवनसिंह कुंवर, दीपक भट्टराई राजेन्द्र ढकाल लगायतले शुभकामना सहितवको विचार व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।