ताजा अपडेट »

तिलोत्तमा स्थित खानेपानी आयोजनाको पाइपमा आगलागी

शनिबार, १० माघ २०७७, १३ : २१
10 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा खानेपानी आयोजनाका लागि राखिएको पाइपमा आगलागी भएको छ । तिलोत्तमा-४, सिमानगरमा घाटगड्डी (थुपारेर) राखिएको पाइपमा शनिबार मध्यान्ह करिब १२ बजेदेखि आगलागी भएको वडा प्रहरी कार्यालय बुटवलले जानकारी गराएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजानाको पाइपमा आगलागी भएपछि करिब आधा घण्टा लगाएर बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका ३ वटा दमकलले आगो नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक गोविन्द रेग्मीले जानकारी दिए । आगलागीबाट भएको क्षति बारे एकीन विवरण संकलन गर्न बाँकी रहेको उनले बताएका छन् ।

लामो समयदेखि स्टोर गरेर राखिएको पाइपमा कसरी र कसले आगो लगायो भन्ने बारै अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।