ताजा अपडेट »

केशरजंगभन्दा अझ प्रतिगमनकारी ओली : युवारज ज्ञवाली

शनिबार, १० माघ २०७७, १२ : १८
4 Shares

बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समुहका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीलाई नै खतम पार्न खोजेको आरोप लगाएका छन् । नेता ज्ञवालीले केशरजंग रायमाझीसँग तुलना गर्दै क्युनिष्ट पार्टी र मुलुकलाई नै क्षति पुर्याउन खोजेको बताए ।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले भने ‘केपी ओलीले कम्युनिष्टको खोल ओढेर राष्ट्रघाति र प्रतिगमनकारी काम गरेका छन् । प्रतिनिधि सभा विघटन गरेर कम्युनिष्ट पार्टीमाथि ठूलो प्रहार गरेका छन् ।’ प्रधानमन्त्रीको कदमलाई आफूहरुले असफल पार्ने उनको दाबी छ । तत्कालिन समयमा केशरजंगले राजा महेन्द्रको कदमलाई समर्थन मात्र गरेको बताउँदै उनले केपी ओलीले संसाद विघटन गरेर थप प्रतिगमनकारी र जनविश्वासमा घात गरेको उल्लेख गरे ।

लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका ज्ञवालीले विहिवार काठमाण्डौमा भएको विरोध सभा सुरुवात मात्र भएको बताए । उनले ओलीको अहंकारको पराजय हुन जरुरी रहेको बताउँदै पार्टी एक नै भएपनि केपी ओलीको नेतृत्वमा अब एकिकृत पार्टी नहुने दाबी गरे ।

आगामी मघ १५ गते बुटवलमा हुने विरोध सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले सो दिन राजमार्ग चौराह गोलपार्क, तिनाउपारीबाट जुलुस आएर पुष्पलालपार्कका विरोधसभा हुने जानकारी दिए । विरोधसभामा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।