ताजा अपडेट »

नेकपा विप्लव समूहद्वारा भोलि ‘नेपाल बन्द’को आव्हान

शुक्रबार, ०९ माघ २०७७, १९ : ५३
54 Shares

बुटवल । प्रतिबन्धित दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बिप्लव समूहले घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा विज्ञप्ती जारी गरेको छ । विज्ञप्ती अनुसार समूहले भोलि १० गते शनिबार नेपाल बन्दको आव्हान गरेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘ विप्लव’ द्वारा हताक्षरित विज्ञप्तीमा केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला लगायत सम्पूर्ण बन्दीहरुको रिहाइको माग सहित नेपाल बन्दको आवहान गरेको बताइएको छ ।

नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपा सम्बद्ध विभिन्न जिल्लाहरुले विभिन्न सञ्चार माध्यमहरु मार्फत् जारी बन्दलाई सफल पार्न उद्योगी व्यवसायी, यातायात व्यसायी, नागरिक समाज, सञ्चारकर्मी लगाएत सम्पूर्णलाई अपिल गरेको छ । विप्लब समूहले माघ ३ गतेदेखि विभिन्न विरोध कार्यक्रमहरु गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।