बुटवल । जिल्ला अदालत रुपन्देहीका दुई जना सर्वेक्षक पक्राउ परेका छन् । उनीहरुलाईअख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलले शुक्रबार कोटहीमाई गाउँपालिका –१ बाट पक्राउ गरेको हो।
जग्गासम्बन्धी मुद्धामा जग्गा मापजाँच गरी मुद्धा मिलाइदिने भनी सेवाग्राहीसँग ५ हजार घुस रकम लिदैँ गर्दा उनीलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुषालले बताए । पक्राउ पर्नेमा जिल्ला अदालत रुपन्देहीमा सर्वेक्षकको रुपमा कार्यरत सुमित चौलागाई र मनोज थापा रहेको प्रवक्ता भुषालले जानकारी दिए ।
प्रतिक्रिया